धनकुटा ÷ एभोकाडोको राजधानी घोषित धनकुटामा आज मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव भइरहेको छ ।
एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना हुने महोत्सव धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थनमा भइरहेको आयोजकले बताएको छ । महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यापारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरुबीच एभोकाडोको प्रबद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जनाएको छ । वि. सं. २०७५ सालमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।
Post Views: 4