विराटनगर ÷ मोरङको बेलबारी नगरपालिकाले कृषि व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत नगरपालिकाले बेलबारी नगरपालिका–४ मा कृषि औजार तथा मकैको बीउ वितरण गरेको हो । बेलबारी ४ मा आयोजित कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी र उपमेयर ढाकाकुमारी पराजुलीले किसानलाई औजार वितरण गरेका थिए । कृषि औजार वितरण गर्दै मेयर सुवेदीले कृषिलाई प्रवद्र्धन गर्ने क्रममा रहेको बताउँदै प्राप्त गरेका सामग्रीहरूको अधिकतम प्रयोग गरेर राम्रो उत्पादन लिन आग्रह गरे ।
मकै पकेट कार्यक्रमअन्तर्गत सामग्री वितरण गरिएको सौन्दर्य कृषि सहकारी संस्था बेलबारी–४ सखुवा टोलीकी अध्यक्ष सरस्वता पौडेलले बताए । अध्यक्ष पौडेलले ५० प्रतिशत नगरपालिकाको अनुदानमा ७० जनाभन्दा बढी किसानलाई कृषि औजार वितरण गरिएको जानकारी दिए ।
Post Views: 17