विराटनगर । मोरङको जहदा गाउँपालिकामा पत्नीले पतिको हत्या गरेकी छन् । घरायसी विवादका क्रममा दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन् ।
जहदा गाउँपालिका १ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ ।
हत्यामा संलगन दवानीदेवीलाई हत्यामा प्रयोग गरिएको दाउ सहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Post Views: 6