सुनसरी । आमा समूहको कुटपिटबाट धरानमा एक महिलाको मृत्यु भएको छ । धनकुटा धर भइ धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइको आमा कुटपिटबाट मृत्यु भएको हो । सिलाई बुनाईको कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहले निर्घात कुटपिट गरेको मृतकका आफन्तले बताएका छन् । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको हिजो मृत्यु भएको प्रहरिले जनाएको छ ।
उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्न जाँदा कुटपिट गर्नेहरु फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्। डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कुटपिट गरेको भिडियो प्रमाणको रुपमा पहिचान गरेका छौ। सबैले त कुटेनन् होला कस कसले कुटपिट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटको घटना एक महिना अघिको हो। मृतक उपचार भईसके पछि आज मृत्यु भएको हो। कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ, डिएसपि बुद्ध श्रेष्ठले बताए ।