विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रसिद्ध लोक कथामा आधारीत नाटक ‘खरानीको डोरी’ हिजो देखी मंचन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक मञ्चन भएको हो ।
आज नाटकको दोस्रो दिन विराटनगरको मोर्डनयरा स्कुल र भानु प्लस टुका विद्यार्थीहरुले अवलोकन गरेका छन् । खरानीको डोरी नाटक विद्यार्थीहरुले धेरै मन पराएको भानु प्लस टुका कोअर्डिनेटर देवेश प्रधानले बताए । कोरोना महामारीको दुई बर्ष पछी नाटक हेर्न पाउँदा असाध्यै खुशी भएको प्रधानले बताए भने मोर्डनयरा स्कुलका शिक्षकहरुले नाटकको प्रशँसा गरका थिए ।
अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको छ । नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।
नाटक बिहिवार ८ गते बाट १७ गते सम्म मञ्चन हुनेछ । बिहिबारबाट हरेक दिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दई सो नाटक मञ्चन हुनेभएको छ । । नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्य व्यक्तिका लागि २ सय शुल्क राखिएको छ ।
Post Views: 0