अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

 राष्ट्रिय डेली

 

काठमाडौँ । मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबीच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सबै निकायबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याइएको हो ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताए। अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भए पनि त्यसविरुद्ध सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने उनको भनाइ रहेको छ ।

अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उनले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गरेका छन्। सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका समस्याको कारण अर्को निकायलाई देखाएर कसैले पनि आफू पन्छिन नहुने बताएका छन् । मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न नसकिने पनि गभर्नर अधिकारीको भनाइ छ ।

“बैंक वित्तीय संस्थाको खराब कर्जा केही बढेको छ । अन्यथा उनीहरुको नियमन र अनुगमनमा राष्ट्र बैंक जिम्मेवारीका साथ लागेको छ”, गभर्नर अधिकारीले भने, “अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाइने गरेको छ । काम कोही पनि नगर्ने तर दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कने प्रवृत्ति छ ।”

कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीसँग बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन पनि गभर्नर अधिकारीले अनुरोध गर्नुभयो । बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउने प्रतिबद्धतासमेत उनले बताए।

adv-single
सम्बन्धित समाचार

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...