सिनेमा हलमा गोप्य रुपमा एमाले कार्यकर्ता र उद्योगीलाई खोप

सिनेमा हलमा गोप्य रुपमा एमाले कार्यकर्ता र उद्योगीलाई खोप

 राष्ट्रिय डेली

विराटनगर, १४ जेठ । विराटनगरको सिटी सिनेमा हलमा उद्योगीहरूलाई सुटुक्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाले दोस्रो डोजको खोप नपाइरहेको अवस्थामा नेकपा एमाले पार्टी समर्थक र केही उद्योगीलाई लुकाएर खोप लगाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

खोपको अभावको कारण जेष्ठ नागरिक र फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै खोप लगाउन समस्या भइरहेको बेला मन्त्रीको सिफारिसमा नीजि सिनेमा हलमा गोप्यरुपमा खोप लगाएको पाइपछि स्थानीयले विरोध गरेका हुन् । शुक्रबार दिउँसो सार्वजनिक सूचनाबिना विराटनगर-२ तीनपैनीस्थित सिनेमा हलमा कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीयले विरोध गरेपछि भागाभाग मच्चिएको थियो ।

विराटनगरको सिटी सिनेमा हलभित्र एमाले कार्यकर्ता र उद्योगीलाई सुटुक्क शुक्रबार दिउसो खोप लगाइन थालेका सुइँको पाएपछि स्थानीयले खोप कार्यक्रम भाँडेका थिए । शुक्रबार दिउँसो १ बजे विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेकाहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज लगाइन थालिएको थियो ।

एमाले समर्थक कार्यकर्ताले हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयले थाहा पाएका थिए । त्यसपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयको विरोधपछि भागाभाग मच्चिएको हो । स्थानीयले अग्रपङ्तिमा नखटिएकाहरूले पनि खोप लगाएको भन्दै विरोध गरेका थिए ।

‘प्रदेश सरकारले गोप्य रूपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौँ’, अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीसहितका फ्रन्टलाइनरलाई खोप लगाएको भए हामी स्वागत गर्‍याै‍ँ ।’

सामाजिक विकास मन्त्रालयबाट खोप र स्वास्थ्यकर्मी लिएर गएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने विवादपछि स्थानीयले १ घण्टा सिनेमाहलको प्राङ्गणमै रोकेर राख्दै बाकी रहेको खोप वडा कार्यालयमा दिन दबाब दिएका थिए । आक्रोस बढ्न थालेपछि प्रहरीले गााडी सहित स्वास्थ्यकर्मीलाई सुरक्षित निकालेको थियो । 

खोप लगाउने बिषयबारे विराटनगर महानगरपालिका समेत अनभिज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् ।

adv-single
सम्बन्धित समाचार

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...