विराटनगर, २ असार । अक्षरहरूको आवाज स्रस्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ३४ औँ श्रृङ्खलामा घनश्याम पथिक प्रस्तुत हुने भएका छन् । आज राती ८ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पथिकले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।
कार्यक्रम हरेक हप्ताको बुधबार नेपाली समय अनुसार राती ८ बजेबाट सुरु हुँदै आइरहेको छ ।
स्रस्टा भेटघाट तथा सिर्जना वाचन डबली युएईले स्रस्टाहरूलाई साहित्य क्षेत्रमा जोड्न सिर्जना वाचन डबली सञ्चालन गर्दै आइरहेको छ ।
श्री भवानी नेपालको संयोजनमा सञ्चालनहुने कार्यक्रम सिर्जना वाचन डबलि युएइको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
Post Views: 7