विराटनगर, १ साउन । बाढीका कारण युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ ।
बाढीमा परेर ७० जनाको ज्यान गइसकेको छ भने केही हराइरहेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हेलिकप्टरमार्फत उद्धारको काम गरिरहेका बीबीसीले जनाएको छ ।
सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरू बन्द गरिएको छ भने कयौँ सडक खण्डमा क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ ।
पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागले जनाएको छन् ।
Post Views: 7