बेलकाको भविष्य उज्वल बनाउन मेरो उमेद्वारी : प्रेम कुमार अधिकारी

बेलकाको भविष्य उज्वल बनाउन मेरो उमेद्वारी : प्रेम कुमार अधिकारी

 राष्ट्रिय डेली

वि.स. २०५३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएको थिए । २०५४ सालमा जनता मावि गुरुङचौरीको इकाइ सचिव भए । वि. स. २०५५ सालमा जनता बेलका माविको इकाइ सभापति भए । त्यसपछि २०६२ सालमा नेपाल तरुण दलको जिल्ला कार्य समिति सदस्य भएको थिए ।

बिचमा पार्टी एकीकरण भएपछि एकीकृत नेपाल तरुण दलको २०६८ सालमा जिल्ला कार्य समिति सदस्य भए । १५ वर्षको उमेर देखि राजनीतिको मैदानमा निरन्तर लागिरहेँ । धेरै नेताहरूको जिवन पद्धति, उहाँहरूले गर्नुभएको संघर्षको गाथाबाट प्रभावित भएर र सबैभन्दा पहिला बीपि कोइरालाको प्रजातान्त्रिक समाजबाद बिचारबाट प्रभावित भएर म कांग्रेसमा लागेको हुँ ।

मेरो बिचारमा राजनीति भनेको सेवा हो, राजनीति कर्मी जनताका सेवक हुन । शासक हैनन् । राजनीति संकारयुक्त हुनुपर्छ । नेपालको सबैभन्दा जेठो पार्टी, गौरवशाली इतिहास बोकेको पार्टी, प्रजातन्त्रको जननी पार्टी, नेपाली कांग्रेसको सदस्य हुन पाएकोमा मलाई गौरव छ । नेपाली कांग्रेस लोकतन्त्रलाई जिवन पद्धति हो भन्ने नेपाली जनतालाई बुझाउन सफल पार्टी हो ।

हतियारको माध्यमबाट हिंसाको राजनीति गर्नेलाई शान्ती पुर्ण बाटोमा ल्याउन सफल र मुलुकलाई रूपान्तरण गरेर संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल र मुलुकलाई रूपान्तरण गरेर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ढाँचामा ल्याउने कुराको नेतृत्व गर्ने पार्टी हो । त्यो पार्टीलाई आम रूपमा जनताले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ, संस्थागत रूपमा गुटहरू जिवित छन् ।

त्यो गुटहरूले गर्दा क्षमता भएका मानिसहरू, योग्यता भएका मानिसहरू, कर्म गर्न, सेवा गर्न आएका मानिसहरूलाई काही न काही छेकबार लगाइन्छ भन्ने कुरा छ । त्यो कुरालाई चिर्नका लागि राजनीतिको सबभन्दा प्रारम्भिक मैदान नगरकार्य समिति, जहाँ म यसपटक नेपाली कांग्रेसको एतिहासिक १४ औँ महाअधिवेशनमा नगर सभापतिको उमेद्वार छु ।

मैले चाहेको राजनीति संकारयुक्त हुनुपर्छ । नेपाली कांग्रेसका अहिले बेलका नगरपालिकामा ११०३ जना कृयाशिल सदस्य हुनुहुन्छ । बेलका ६० हजार भन्दा बढी जनसंख्या रहेको सम्भावित विकास उन्मुख नगरपालिका हो । यहाँको विकासका मोडलहरू, यहाँका विभिन्न राजनीतिक दल र आम जनसमुदायसँग व्यापक अन्र्तक्रियाद्वारा यो ठाउँको भविष्य सुन्दर बनाउनका निमित्त खासगरि आम युवाहरूको साथ र सहयोग र अग्रजहरूको आशिर्वाद आवश्यक छ । बेलकाको भविष्य उज्वल बनाउन लागि संघर्षको मैदानमा सहास, दृढ अठोट र संकल्प बोकेर मैले उमेद्वारी दिइरहेको छु ।

म निर्वाचित भएको तीन महिना भित्र दुई सय मतदाता बराबरको एउटा टोक कमिटी भन्ने अभियानलाई पुरा गर्नेछु । एकता, सहकार्य र सामुहिकतामा पार्टीलाई संचालन गर्ने हो । मैले नेपाली कांग्रेसमा विशेष उर्जा थप्न सभापतिमा उमेद्वारी दिएको हुँ ।

(राष्ट्रिय डेलीका लागि शिव प्रसाद लुईटेलले नेपाली कांग्रेसको  १४ औँ महाअधिवेशनमा बेलका नगर सभापतिको उमेद्वार  प्रेम कुमार अधिकारीसँग गरेको कुराकानीमा आधारित)

 

adv-single
सम्बन्धित समाचार

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...