तेह्रथुम ÷ तेह्रथुमको आठराईमा जारी खाम्लालुङ फुटबल स्तम्भ झाँक्री गुफा मेलाको उपाधि झापाले जितेको छ ।
आठराई गाउँपालिका–२ खाम्लालुङमा मंसिर ९ देखि १५ सम्म सञ्चालन भएको मेलामा खुल्ला पुरुष फुटबलतर्फ भद्रगोल इस्पोटिङ लिसिबुङ आठराईलाई २–० गोलअन्तरले हराउँदै डीवाईपी झापाले उपाधि जितेको हो । विजेता टिमले नगद १ लाख पाँच हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
खुल्ला महिला फुटबलतर्फको उपाधि औतारी बागदल युवा क्लब ताप्लेजुङले हात पारेको छ । औतारी ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोल गर्दै विजेता भएको हो । मेलामा खुल्ला पुरुष तथा महिला फुटबल तथा, धाननाच, संगिनी नाच ब्याडमिन्टन खेलका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ टिम र महिलातर्फ ७ टिमको सहभागी भएको खाम्लालुङ फुटबल स्तम्भ झाँक्री गुफा मेला मूल कमिटी अध्यक्ष तथा वडाध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।
Post Views: 2