प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तर्घातको डर

प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तर्घातको डर

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन् । बिहीबार बेलुका संस्थापनइतर पक्षले गुरुराज घिमिरे र संस्थापन पक्षले उद्धव थापाको नाम टुङ्गो लगाएका हुन् ।

आज मनोनयन र शनिबार मतदान गर्ने कार्यसूची छ । उम्मेदवारी टुङ्गो लागेपछि दुवै पक्षका नेता चुनावी अभियानमा जुटेका छन् ।

सभापतिका उम्मेदवार थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । १४औं महाधिवेशनमा सिटौला र शेबहादुर देउवाको टिम बनेको छ । सिटौलाको साथ पाएपछि प्रदेशमा दरिलो उपस्थिति जमाएका देउवाले प्रदेशको सभापति सिटौलालाई दिएका हुन् । सिटौला पक्षबाट तारामान गुरुङ पनि दाबेदार थिए । उनी अन्तिम समयमा ब्याक भएका छन् । संस्थापनइतर पक्षका दाबेदार राजीव कोइरालालाई पनि ब्याक गराइएको छ ।

झापाका बासिन्दा थापा नेपाली कांग्रेस झापाका पूर्वसभापति हुन् । उनले दुई कार्यकाल जिल्ला चलाएका छन् । मोरङका घिमिरेसँग जिल्ला चलाएको अनुभव छैन । दुई कार्यकाल केन्द्रीय सदस्य बनेका उनी नेपाल विद्यार्थी संघको पूर्व सभापति पनि हुन् ।

प्रदेश १ का १४ मध्ये ८ जिल्लाको नतिजा आफ्नो पक्षमा पारेको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । तर देउवा पक्षले टिकट नपाएका कारण अन्तरघात हुने डर पनि छ ।

१३औं जिल्ला अधिवेशनमा देउवा पक्षले प्रदेश १ का तीन जिल्ला मात्रै जितेको थियो । तर सिटौलाको साथ पाएपछि ८ वटा जिल्लामा आफ्नो नेतृत्व स्थापीत गरेको छ ।

संस्थापनइतर पक्ष १४औं अधिवेशनमा ६ जिल्लामा खुम्चिएको छ । जिल्लाको नतिजा राम्रो भएकाले चुनाव जित्ने संस्थापन पक्षका नेता हिमाल कार्की बताउँछन् ।

प्रदेशमा आउने प्रतिनिधि आफ्नो समूहका धेरै भएकाले जित्ने कोइराला पक्षका नेता केदार कार्कीको दाबी छ । उनी प्रतिनिधिको अनुपात ६० प्रतिशत संस्थापनइतर पक्ष र ४० प्रतिशत संस्थापन पक्षको रहेको बताउँछन् ।

चुनाव जित्ने दाबी गरिरहँदा रामचन्द्र पौडेल र डाक्टर शेखर कोइराला पक्षलाई सुनसरीबाट अन्तरघात हुने डर छ । सुनसरीबाट राजीव कोइरालाले सभापतिमा दाबी गरेका थिए । अन्तिम समयमा उनले टिकट पाएनन् । टिकट नपाएपछि कोइराला पक्षका सुनसरीका नेताहरूले असहयोग गर्ने चेतावनी दिएका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका गुरुराज घिमिरे आफैं स्थापित नेता भएका कारण चुनाव जित्न सहज हुने कोइराला(पौडेल पक्षको दाबी छ । १४औं महाधिवेशनमा युवा प्रतिनिधिको सहभागिता उल्लेख्य छ । विद्यार्थी राजनीतिबाट आएका कारण घिमिरेलाई दुवै पक्षका नेताको साथ रहने संस्थापनइतर पक्षको विश्लेषण छ ।

सभापति शेरबहादुर देउवा पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको छ । सिटौला पक्ष झापामा विजयी भएको छ । मोरङ सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा संस्थापनइतर पक्ष बिजयी भएको छ ।

प्रदेश अधिवेशनमा एक हजार सात सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । जिल्लाको चुनावमा मतअन्तर धेरै फराकिलो नभएका कारण दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ । तर सुनसरी मोरङमा प्रतिनिधि धेरै भएका कारण आफूहरु जित्ने कोइराला पक्षका नेता केदार कार्की बताउँछन् ।पहाडी जिल्लाहरूको अनुपातमा सुनसरी मोरङ, झापा र उदयपुरमा प्रतिनिधिको संख्या बढी छ । ती मध्ये मोरङ सुनसरीमा संस्थापन इतर र झापा र उदयपुरमा संस्थापन पक्ष विजयी भएको छ । कांग्रेस संस्थापन इतर पक्ष सुनसरी र मोरङसँग आशावादी हुँदा संस्थापन पक्ष उदयपुर र झापासँग ढुक्क छ ।

adv-single
सम्बन्धित समाचार

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...