पोखराका तीर्थ श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

पोखराका तीर्थ श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

 राष्ट्रिय डेली

मीनकुमार नवोदित
विराटनगर /  कविता भन्ने बित्तिकै कम पढिने र सुनिने विधाका रूपमा आममानिसले बुझ्ने गरेका छन् । अझ कविगोष्ठीमा दर्शक र स्रोताको बाक्लो उपस्थिति जुटाउन निकै गाह्रो पर्छ । उपस्थिति भए पनि कतिखेर कार्यक्रम सकिन्छ भन्ने चिन्तामा हुन्छन् दर्शक । तर, शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा खचाखच उपस्थित दर्शकले डेढ घन्टा समय गएको पत्तै पाएनन् । वरिष्ठ कवि तीर्थ श्रेष्ठले कविता वाचन गरिरहँदा तालीको गढगढावटले हल नै गुञ्जिएको थियो । दर्शकको साथ पाएपछि श्रेष्ठ एकपछि अर्का कविताहरू सुनाउँदै गए ।
श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’, ‘धर्मग्रन्थ’, ‘मलाई इलाम हुन मन लाग्यो’, ‘लाहुरेको चिठ्ठी’, ‘आमा’, ‘ओ काठमाडौं,’ ‘सर्प र राजधानी’, ‘तान्सेन’, ‘पागलहरू छन् चुपचाप’, ‘चराहरू’, ‘वृद्धाश्रमबाट आमाको चिठ्ठी’, ‘असमर्थ राजधानीसँग’, ‘लयमा’ शीर्षकका कविता सुनाए ।
उनले कवितामार्फत माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीदेखि आफूलाई छाडेर जाने प्रेमिकासम्मलाई सम्झिन भ्याए । हरेक कविताको पृष्ठभूमि र रचनागर्भ सुनाउँदै कविता वाचन गरेर श्रेष्ठले दर्शकको पूरै ध्यान आफूतिर आकर्षित गराउन सफल भए । वि. सं. २०१६ कात्तिक १६ गते पोखरामा जन्मिएका श्रेष्ठका ‘जिन्दगीको गुरुक्षेत्रबाट,’ ‘पाइलाका नीवहरूले’ र ‘धर्सैधर्साको चक्रव्यूह’, ‘महाभारतका गीतहरू’, ‘जिन्दगीको गोधूलीमा’, ‘मेरै हिमालजस्तो’लगायतका कृतिहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा वर्ष पुरस्कार, शिरोमणि पुुस्कार, वासुशशी स्मृति पुरस्कारलगायत दुई दर्जनभन्दा बढी विभिन्न पुरस्कार र सम्मानबाट विभूषित श्रेष्ठले पटक–पटक आफ्नो विगतलाई स्मरण गरे । दर्शकबाट पटक–पटक ‘वान्समोर’ भनेपछि उनले ‘हिउँमा लेखिएका नामहरू’ वाचन गरे ।
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू

एकछिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि हिउँ थपियो भने पनि
रहने छैनन् हाम्रा नामहरू

हामी हुँदै नरहने हाम्रा नामहरू
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।
“डेढ घन्टा समय गएको पत्तै भएन,” इटहरीबाट आएका कवि देवान किराँती भन्दै थिए, “वास्तवमा यस्तै कविताहरू लेखिने र सुनाउने हो भने कविताका पाठक र दर्शक नबढ्ने कुरै छैन ।” श्रेष्ठका कविता सुन्न युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । कविताले यतिसम्म मन छुन्छ भन्ने आफूलाई पहिलोपटक थाहा भएको युवा लेखक कटवाल दीपकले बताए । उनले भने, “वास्तवमै कतिपय कवितामा मैले आफैंलाई पाएँ ।”
काव्यारोहणअन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा यसपटक पोखरामा बसेर विगत साढे चार दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठलाई उभ्याएको हो । २०७६ मंसिर ७ गतेदेखि सुरु भएको काव्यारोहण शृंखलामा यसअघि बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला र मनप्रसाद सुब्बाले कविता वाचन गरिसकेका छन् । कोभिडका कारण पाँचौं शृंखलापछि काव्यारोहणलाई निरन्तरता दिन नसकिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए ।
कोभिडको संक्रमण कम भएकाले छैटौं शृंखला आयोजना गरिएको उनको भनाइ छ । सशुल्क आयोजना हुने कार्यक्रममा पूर्वका मोरङसहित, धनकुटा, सुनसरी, झापा, इलामलगायतबाट कवि साहित्यकारहरू सहभागी हुने गरेका छन् । कोभिड संक्रमण घट्दै गए अन्य शृंखलालाई निरन्तरता दिँदै जाने अर्का कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए । कविता वाचनपछि वरिष्ठ कवि श्रेष्ठलाई आरोहणका तर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

adv-single
सम्बन्धित समाचार

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित गे्रडड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वयमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...