गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको हो । महासंघले विज्ञप्तिमा भनेको छ– ‘विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो । विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
मन्त्रालयले सार्वजनिक स्थलमा प्राङ्कको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने, कोही कसैको अनुमति बिना फोटो खिची सामाजिक सन्जालमा राख्ने आदि जस्ता क्रियाकलाप गरेको पाइए कडा कारबाही गर्ने बताएको छ ।
Post Views: 5