महिला दिवस किन मनाउने ?

महिला दिवस किन मनाउने ?

 राष्ट्रिय डेली

 

कविता कार्की

विराटनगर । हाम्रो संस्कृति र समाजमा महिलाहरूले वर्षौंदेखि गरेका उपलब्धिहरू सम्झाउन हामी महिला इतिहासलाई स्मरण गर्दै आजको दिन विशेष महिलाहरुका निमित्त मनाउँछौं। विज्ञानदेखि राजनीतिसम्म, यो परिवर्तनको मार्गमा नेतृत्व गर्ने ती सम्पुर्ण महिलाहरूलाई प्रतिबिम्बित गर्दै उहाँहरुको महान कार्यलाई सदैव सम्मान गर्छौ ।

यस पटक सन् २०२२ को अन्तर्राष्ट्रिय नारी दिवसको नारा
दिगो भोलिको लागि आज लैङ्गिक समानता भन्ने रहेको छ । यद्यपि, नारीको अस्तित्वलाई अस्वीकार गरी दिनहुँ उनीहरुमाथि गरिने असमान व्यवहार हाँस्यास्पद छ। यसविरुद्ध सचेतना बढिसकेको छ तर पनि नारीमाथि रवाफ जमाउनेहरुको अझै कमी छैन।

अझ भन्ने हो भने, घरेलु हिंसालाई अपराध नै नमानिने देशहरूमा करिब ६० करोड ३० लाख महिलाहरु बस्छन्। यस्तै अवस्थालाई निरन्तरता दिइरहने हो भने एक दिन सबै देवीहरु जुर्मुराएर बिद्रोहमा उत्रनेछन् । आखिर सहनशीलताको अन्तिम बिन्दुमुनि पनि त बिद्रोहकै बास हुने गर्छ।

जे होस् , केही सज्जनहरु भने महिला र पुरुष बराबर हुन् भन्दै हुड बाजि चलाउछ्न । लैङ्गिक समानताका ठुला ठुला भाषण गरेर घर फर्किन्छन् अनि घरकी श्रीमतीलाई भने आफ्नो पेवा नै ठानेर बस्छन् । तर बाहिरि रुपमा चाहि त्यहीँ महिलाबारे बिगुल फुकिन्छ– ‘यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।।।’ अर्थात जता नारीको पूजा हुन्छ, देवता त्यतै रमाउँछन् ।

तर यथार्थमा यसैको ठीक विपरित व्यवहार भइरहनु एक्काइसौं शताब्दीमा पटक्कै सुहाउने कुरा होइन। आजका सज्जनहरुबाट निर्मित यो समाजमा बोल्ने र गर्ने दुवै क्रियाकलाप नितान्त फरक हुनु कुनै नौलो कुरा पनि भएन ।

अब फेरि भन्नू होला महिलाहरुले खास के नै गरेका छ्न् र ?
के तपाईलाई थाहा छ, प्रत्येक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु हुने गर्छ । यीमध्ये धेरैजसो मृत्युहरू रोकथाम योग्य छन्, तर लैङ्गिक भेदभावका कारण धेरै महिलाहरूलाई आवश्यक पर्ने उचित शिक्षा वा हेरचाह दिइँदैन, जसको कारण ज्यानै जाने गर्छ।

प्रत्येक ४ मध्ये १ महिलाले शारीरिक वा यौनजन्य हिंसाको अनुभव गरेकै हुन्छन् भन्ने एउटा तथ्यांकलेनै पुष्टि गरेको छ। यौन हिंसा र बलात्कार जस्ता नरसंहारका साधनहरू प्रायः महिला र केटीहरूमा निर्देशित हुन्छन्।

औपचारिक शान्ति प्रक्रियामा पनि महिलाहरू विरलै समावेश हुन्छन्। अनि केही गरि अघाडी बढ्न साहास जुटाएका महिलाहरुलाई पनि अनेक तवरले निरुत्साहित गर्ने , नेतृत्वदायी भुमिकाबाट हरदम बन्चित राख्ने चलननै चलेको छ।

महिलाहरू सामान्यतया निर्णयकर्ताहरू र अन्य नेतृत्वका प्रक्रियाहरूमा सहभागी भएर प्रतिनिधित्व गर्दैनन्। यसको मतलब ती महिलाहरु सक्षम नभएर वा प्रतिभाको कमि भएर भन्ने पनि होइन , खासगरी ती महिलाहरुलाई अवसरनै कहिलै दिईएको हुदैन।

यसरी धेरै बर्षसम्म पनि महिलाहरु आफ्नै देशको नागरिक अधिकारबाट पनि बन्चित हुनुपरेको ईतिहास साची छ। तत्कालीन विश्वका विभिन्न भुगोलमा महिलाको मतदानको अधिकार सम्मेत सुनिश्चित गरिएको थिएन ।
समग्रमा भन्ने हो भने महिलाहरु एक फरक प्रजाती जस्तै थिए , जसप्रति पुरुषप्रधान समाजको धारणा निकै दुरुह हुनेगर्थ्यो । अखिर महिलाको अस्तित्वनै ूदानव र मानवको ू उत्पत्ति गराउन मै सिमित बन्दै गएको थियो ।

यस्ता कहली लाग्दा काला बादलहरुलाई  चिर्दै चिर्दै कयौं महिलाहरुले आफ्नो अस्तित्वको आभास गराएका छ्न , र समष्टिमा उनिहरुको खाचो पुरै ब्रह्माण्डलाई नै छ भन्ने कुराको पुष्टि गरेका छ्न् ।

एउटा अनौठो लाग्ने प्रसङ्ग के हो भनेनी , हामिले हजुरामाका पालामा उहाँहरुले भोग्नुपरेका व्यथालाई अहिले बुझ्दै आएका छौ र त्यसैले उहाँहरुप्रती हाम्रो सम्मान र सहानुभूति दुवै झल्किन्छ ।केही हदसम्म हाम्रा आमाहरुका कथाहरु पनि हामिले बुझेका छौ , त्यसैले महिलाहरुलाई स्थान्तरण गरेर पहिलेको भन्दा एक खुड्किला माथी चढाईदिएका छौँ ।

ती त सबै बितिसकेका घटनाहरु थिए, तर बर्तमन अवस्थामा आजपनि ,महिलाहरुको केही हदसम्म परिस्थिति फेरिएको देखिएतापनी महिलाले महिला भएकै कारण भोग्नु पर्ने ब्यथाहरु यथावत नै छ्न् । यसको लेखाजोखा कहिले हुन्छ, कसरी हुन्छ थाहा छैन।

अनि शहरका केहि टाठाबाठा महिलाहरु , आफुलाई महिला अधिकारकर्मी बताउदै ठुलाठुला पार्टीपौवामा बसेर वर्षौनी महिलादिवसको अवसर पारेर , घाँटी बसुन्जेल चिच्याई चिच्याई महिलाहरुका अधिकारको वकालत गरिरहेका भेटिन्छन् तर यसको उपलब्धि के, एकदिन भेला भएर सम्बोधन गरेर अखिर त्यसबाट हुने प्राप्ती के ?

महिलालाई शिक्षा दिनु घरेलु हिंसा रोक्ने एउटा उपाय हुन सक्छ, तर समस्याको पूर्ण समाधान होइन। यसका साथसाथै सदियौंदेखि चलिआएको पुरुषप्रधान सत्ताको पनि अन्त्य गर्नुपर्छ । घरेलु हिंसा बढाउने समाजका विकृतिलाई हामीले हटाउनैपर्छ । जसरी छोरा नहुँदा नारीलाई बेवास्ता गरिन्छ । महिनावारी हुँदा उनलाई दोस्रो श्रेणीको मानिन्छ , यी सबै भ्रमबाट मानव समाजलाई जाग्रीत अवस्थामा ल्याउनै पर्छ।

यसो भनिरहदा यो पनि ज्ञात रहनु पर्छ कि हिंसा गर्नेहरूमा पनि जन्मदेखि नै दुर्व्यवहार गर्ने बानी हुँदैन्। तर उनीहरु बाल्यकालदेखि नै यस्तो व्यवहार गर्न मानसिक रुपमा तयार हुन्छन्। एउटा घटना यस्तो थियो एक विद्यार्थीले बेलायतको एङ्गलिया रस्किन युनिभर्सिटीको क्रिमिनोलजी विभागमा आफ्नो डक्टरेट अनुसन्धानका लागि १०० बलात्कारीहरूको अन्तर्वार्ता लिइन् अरे अनि एक अन्तर्वार्तामा उनले भनिन्, ‘जब म रिसर्चका लागि गएँ, मलाई उनी भयानक व्यक्ति हुन् भन्ने लागेको थियो, तर जब मैले उनीसँग कुरा गरेँ , उनी कुनै अद्वितीय व्यक्ति होइनन् भन्ने बुझेँ ।

उनी एकदमै सामान्य व्यक्ति थिए । उनले जे गरे पनि केही हदसम्म त्यो उनको पालनपोषण र सोचका कारण थियो ।” महिलामाथि हुने हरेक किसिमका हिंसाका पछाडि एउटै कथा हुन्छ– उनीहरु समाजमा जन्मिएका हुन्छन्, त्यसको सुधारका लागि समाजले नै काम गर्नुपर्छ । यस्तो सुधार ल्याउनको लागि पहिलो चरण पुरुषलाई महिलाको विरुद्धमा राख्नुू भन्दा पुरुषहरूलाई समाधानको हिस्सा बनाउनु हो।

अबको हाम्रो मुख्य जिम्मेवारी भनेकै यस्तो विषयमा सम्मानताको भावना युवाहरूमा सानै उमेरदेखि कसरी बसाल्ने भनेर छलफल गर्नु हो।अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने हामी एक यस्तो सामाजिक प्रणालीमा अभ्यस्त छौँ , जहाँ पुरुषहरू शक्तिशाली हुन्छन् र महिलामाथि नियन्त्रण गर्छन्, भन्ने बिश्वासले जरा गाडेको छ। उनीहरूलाई केटीहरू र महिलाहरूप्रति दबदबापूर्ण व्यवहार गर्नु उनीहरूको पुरुषत्व हो भन्ने विश्वास गर्छ्न । यस्ता रुढीवादी प्रवृत्तिका कारण महिला र पुरुष दुवैलाई हानि पुग्ने र सन्तोषजनक, पारस्परिक सम्मानजनक सम्बन्ध पनि स्थापना हुने सम्भावना ध्वस्त हुदै गएको छ ।

यदि हामीले यसरी सभ्य समतामूलक समाजको निर्माणमा ईट्टा जोड्दै गयौं भने , एकसमय यस्तो पनि आउला जहाँ महिला दिवसका हरेक नाराहरुले सार्थकता पाउने छ । आशावादी छौ , त्यो समय हाम्रै पुस्ताले ल्याउने छ।

adv-single
सम्बन्धित समाचार

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...