विराटनगर । लामो समय बिदेशमा बसेर पनि नेपाली सांगितिक दुनियाँँमा निरन्तर लागिरहेका गायकहरुमध्ये राजेश केसी पनि एक हुन । लामो समय अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका केसी हाल मेलबर्नमा बस्छन । केसीका दर्जनौं गीतहरु एकल र मेलिना राई, मान्डवी त्रिपाठी लगायत धेरै चर्चित नेपाली गायक र गायिकाहरुसंग संयुक्त रुपमा युट्युबमा उपलब्ध छन ।
नेपाललाई आबस्यक पर्दा बिदेशमा बस्ने नेपालीहरुले बिभिन्न किसिमबाट र नियमित रुपमा ठूलो सहयोग गर्ने गरे तापनि पछिल्लो पटक नेपाल आँउदा बिदेशमा गएर नेपाललाई बिर्सने भन्ने आरोप लाग्ने जस्तो कुरा सुन्न परेकोले मर्माहित भएका केसीले आबस्यक पर्नेहरुलाई सहयोग मात्रै गरेनन, राष्ट्रियताले ओतप्रोत ुछैन मैले बिर्सेंकोु गीत नै बनाए ।
राजेश केसीको स्वर रहेको यो गीतको भिडियो नेपालको बिभिन्न भागमा सुटिङ गरिएको हो र भिडियोको संगीत ब्यबस्थापन एशियन म्युजिकले गरेको हो ।
चन्द्र कुमार डोङको संगीत रहेको यो भिडियो छायांकन गरेका यो भिडियोको ब्यबस्थापन फणिन्द्र राईले गरेका हुन् । मिन सागर लामाको लिरिक्स रहेको र पर्पल स्टुडियोमा गरिएको यो गीत मिक्स सुमन खड्काद्धारा गरिएको हो ।
म्युजिक भिडियो लिंक https://youtu.be/stauh02yP4Q
Post Views: 9