विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवा कविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, मृत्युसित, बिसे नगर्चीको बयान लगायत झण्डै दर्जन आफ्ना कविता वाचन गरेका हुन् ।
दोस्रो जनआन्दोलनको पूवसन्धा २०६२ साउन ८ गते काठमाडौं गुरुकुलमा मुकारुङको जीवनको पहिलो एकल कविता वाचन कार्यक्रम भएको थियो । शनिबार काव्यारोहणमा कविता सुनाउँदै गर्दा उनले १६ वर्षअघिको त्यो कार्यक्रम स्मरण गरे ।
मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित नेपाली कवितामा गरिन्छ । मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुरमा भएको हो ।
Post Views: 0