विराटनगर :युक्रेनको पश्चिमी क्षेत्रमा रहेको मारिउपोलको मनहुश शहरमा सामुहिक चिहान फेला परेको छ । २ सय भन्दा बढी नयाँ सामुहिक चिहान फेला परेको युक्रेनी अधिकारीहरूले बताएकाछन्
उनीहरूले युक्रेनी नागरिकहरू विरुद्ध रूसी युद्ध अपराधको बढ्दो प्रमाण रहेको बताएका छन् ।
अमेरिकी स्याटेलाइट इमेजरी कम्पनी म्याक्सर टेक्नोलोजीद्वारा सङ्कलन र विश्लेषण गरिएको तस्बिरका आधारमा यो दाबी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार मार्च १ मा रुसी सेनाले घेरेपछि लगातार बमबारी भइरहेको मारिउपोलमा करिब १ लाख मानिस फसेका छन् ।
आक्रमणमा परि हालसम्म २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
रूसी सेनाले ट्रकमा बन्दरगाह सहरबाट शवहरू सङ्कलन गरी मनहुश शहरमा सामूहिक चिहानहरूमा विस्थापित गरेको युक्रेनले दाबी गरेको छ । शवहरू शहरमा सङ्कलनका लागि छोडिएको तस्बीर सामाजिक सञ्जालमा देखाइएको छ ।
रुस र युक्रेन दुवै देशले मारिउपोल शहर आ–आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका छन् । यतीबेला राष्ट्रपति जेलेन्स्कीले रुसी घेराबन्दीलाई आतंकवादी हमलासँग तुलना गर्नुभएको छ उक्त्त घेराबन्दीमा हजारौं युक्रेनी नागरिक परेकाछन् । राष्ट्रपति जेलेन्स्कीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको बतएका छन् ।
यसैबीच, २४ घण्टाको अवधिमा थप ४२ बस्ती रुसी नियन्त्रणमा आएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Post Views: 5