विराटनगर । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम .एसपीपी. सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताउनुभएको छ ।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताउनुभयो । उहाँले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भुमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताउनुभयो । हाँल संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको भुमिका राम्रो रहेकाले नेपाली सेनाको क्षमतावृद्धिमा अमेरिका लागिरहेको उल्लेख गर्नुभयो ।
Post Views: 11