विराटनगर, असार ८ । हाल कर्णाली, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका केही, मधेस प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Post Views: 0