विराटनगर । लायन्स क्लव अफ विराटनगर महानगर र लियो क्लव अफ विराटनगर महानगरले संयुत रुपमा सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेका छन् । विराटनगरको परोपकार घाटमा दूइ क्लवहरुको संयुत आयोजनामा कार्यक्रम गरिएको थियो ।
सामाजिक कार्यमा अग्रसर रहेका संस्थाहरुका २० जनाको पदाधिकारीहरुको समुहले परोपकार घाटमा आएका र जलाएर बाँकी रहेका फोहोरहरुको सरसफाइ गरेका थिए साथै क्लवहरुले परोपकार घाटलाइ दुइ थान डस्विन समेत प्रदान गरेका थिए ।
घाटमा हुने गरेका फोहोरहरु सरसफाइमा कसैले ध्यान नदिएका कारण सरसफाइ कार्यक्रम गरेको लियो क्लव अफ विराटनगर महानगरका कोषाध्यक्ष दिपेश पोख्रेलले बताए ।
Post Views: 17