सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा इटहरीका एक युवकसहित दुईको मृत्यु

सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा इटहरीका एक युवकसहित दुईको मृत्यु

 राष्ट्रिय डेली

इटहरी : सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा इटहरीका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान उपमहानगरपालिका ८ विश्वकर्मा मन्दिर नजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरीका युवकको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले बुधबार साँझ ५ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहाल (शर्मा) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी ११ का सन्तोष दाहाल घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी र चालक संखुवासभाको चिचिला गाउँपालिका ५ का ३३ वर्षीय गङ्गाबहादुर पाँचकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । यस्तै, इनरुवा–दुहवी सडकखण्डअन्तर्गत दुहवी नगरपालिका २ मा बुधबार राति ११ः४५ बजेतिर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सप्तरी रुपनीका अन्दाजी ३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए । उनको दुहवीस्थित मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...