लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

 राष्ट्रिय डेली

विराटनगर÷ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एवीसीले प्रभावितहरुलाई जीवन उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर अन्तरक्रिया गरेको थियो । महानगरका कार्यबाहक मेयर प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि प्रभावकारी तालिम दिनुपर्ने बताउनुभयो । सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको उहाँको भनाइ थियो ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष ५ जनामध्ये १ जनामाथि हिंसा हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार एवीसीले सञ्चालन गरेको सेफ हाउसबाट २३ जनाले सेवा लिइरहेका छन् । एवीसी नेपालले विराटनगरसहित ओखलढुंगा र उदयपुरका विभिन्न पालिकामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई तालिम दिँदा उनीहरुको रुची र क्षमतालाई पनि ध्यान दिनु आवश्यक रहेको बताएका थिए । एवीसी नेपालकी सेल्टर प्रमुख सिर्जना भण्डारीले परियोजनाअन्तर्गत ५ महिनामा एवीसीले गरेका कामका विषयमा जानकारी गराउनु भएको थियो ।

adv-single
सम्बन्धित समाचार

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...