नेपाली चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो सम्पन्न

नेपाली चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो सम्पन्न

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन ९प्रिमियर शो० शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरूको बाहुल्यता रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनीको तयारी भए पनि कोरोना कहरले रोकिएको थियो ।

पछि नयाँ नेपाली चलचित्रहरूको बीचमा ‘म पर्खिरहन्छु’ले प्रथम प्रदर्शनीको लागि समय मिलाउने क्रममा शनिबार प्रथम प्रदर्शनी विराटनगर–८ हाटखोलास्थित आरके महलमा गरेको हो । नेपाली र मैथिली गरी एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको कथा, सम्वाद ९पटकथा०, निर्देशन रहेको ‘म पर्खिरहेको छु’ को निर्मात्री बबिता श्रेष्ठ हुन् ।

नेपाली युवाले भोगेको वास्तविक घटनामा आधारित वियोगान्त कथा रहेको ‘म पर्खिरहेछु’ मा भूपेन्द्र रायमाझी र नषराज घिमिरेको संगीत छ । कथामा वैदेशिक रोजगारीले पारिरहेको सामाजिक समस्या, पारिवारिक विचलन पाइन्छ र यस्तो अवस्थामा समाजलाई सही मार्ग लैजानका लागि गरिएको प्रयास देखिएको छ ।

यस चलचित्रका प्रमुख कलाकारमा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, प्रवलदीप विश्वास, शारदा आर्यन, प्रमोद श्रेष्ठ, दिनेश कोइराला, डीबी बस्नेत, विनोद दुगड, कृष्ण सुवेदी र महेश सहनी छन् । बाल कलाकारमा बेदिका श्रेष्ठ र शीतला सरकार छन् ।

यस चलचित्रमा डा। विनोद श्रेष्ठ र सुरेश वैद्यको गीतमा रामा मण्डल र मनिषा पोखरेलले स्वर दिएका छन् । कोसी भिजन फिल्म प्रोडक्सन इटहरीको व्यानरमा निर्माण गरिएको ‘म पर्खिरहेछु’ मा राजेश लेप्चा र नविन राईले द्वन्द्व निर्देशन रहेको छ भने हेमन्त योञ्जनले सम्पादन गरेका हुन् ।

पूर्वको प्रमुख शहर विराटनगर, इलाम, इटहरी, धरान, धनकुटालगायत पर्यटकीय स्थल जेफाले, डाँडाबजार, कोशी व्यारेज, श्रीअन्तुमा छायाङ्कन गरिएको यस चलचित्रको क्यामराम्यान यज्ञ पराजुली र सुमन तामाङ छन् । दुई घण्टा १५ मिनेट समयको यस चलचित्रको सम्पादन गुञ्जन स्टुडियो काठमाडौंमा र अन्तिम सम्पादन म्युजिक हब पोष्ट प्रोडक्सन स्टुडियो ओशीवारा, अन्धरी वेष्ट मुम्बईमा गरिएको अभिनेता डा. श्रेष्ठले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...