विराटनगर । शेयर बजारमा सोमबार पनि सुधार भएको छ । अघिल्लो दिन पनि सुधार देखिएको शेयर बजार आज ८ दशमलवल १० अंकले बढेको हो ।
अघिल्लो दिन पनि शेयर बजार करिब ६ अंकले बढेको थियो । सोमबार बजार परिसूचक ८ दशमलव १० अंकले बढेर १८९१ दशमलव ३१ अंकमा पुगेको छ । नेप्से परिसूचक सुधार भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १ अर्ब ६० करोडको कारोबार भएको बजारमा आज १ अर्ब २७ करोडको बढीको कारोबार भएको छ ।
सोमबार २७२ कम्पनीका ३४ लाख ९१ हजार ८३४ कित्ता शेयर २५ हजार ६९१ पटक खरिद बिक्री हुँदा १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ । नेप्सेसँगै सोमबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ अंकले बढेर ३५८ दशमलव ८८ विन्दुमा पुगेको छ ।
Post Views: 0