झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

 राष्ट्रिय डेली

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो।

झ्याउरे लयमा बुनिएको वियोगान्त प्रेमकथा यति बेला नाटकको रूपमा मंचन भइरहेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा असोज ४ गतेबाट उक्त नाटकको नियमित मञ्चन सुरु भएको छ । विराट आदर्श साहित्य मञ्चले नाटकलाई मञ्चन गरेको हो ।

झ्याउरे लय टिपेर लेखिएको खण्डकाव्यको नाट्य रूपान्तरणले दर्शकको मन छुन्छ । दर्शकहरु नाटक हेर्दै गर्दा भावुक हुन्छन् । नाटकले दर्शकलाई पुरानो समाजमा लैजान्छ । चरम गरिबीका कारण घर चलाउन धौधौ भएपछि पत्नी मुना र आमालाई छोडेर मदन पैसा कमाउन ल्हासा जान्छन । बाटोमा फर्किने क्रममा झाडापखाला लागेर मदन थला पर्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर साथीहरू घर फर्किन्छन् र घरमा आमा र मुनालाई मदनको निधन भएको खबर सुनाइदिन्छन् । यो कुराले मुना शोकमा पर्छिन् र उनको निधन हुन्छ । उता बिरामी परेको मदनलाई एक तिब्बतीले स्याहार गरी बचाउँछन । निको भएर घर फर्किएपछि न मदनले मुनालाई भेट्छ, न आमालाई । उनकी दिदीले यसको बेलीविस्तार लगाउँछिन् ।

‘मुनामदन’ विछोडको कथा मात्रै हैन, यो आदर्श प्रेमकथा पनि हो । अहिले पनि नेपाली समाजमा निम्न वर्गीय परिवारको कथा उस्तै छ । स्थान र आवश्यकताका प्रकृतिहरू बदिलएका छन् । अहिलेका मदनहरू ल्हासाका सट्टा कतार मलेसिया जान्छन् ।

कटवाल दिपकको नाट्य रुपान्तरण तथा निदेर्शन रहेको ‘मुनामदन’ लाई निम्नमध्यम वर्गीय परिवारको प्रतिनिधिमूलक नाटक मान्न सकिन्छ । मदनलाई साथीहरूले अलपत्र पारेर छोडेको दृश्य, जातभात छाडेर भोटे तिब्बतीको खुट्टा समाउँदाका दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् ।

नाटकलाइ विराटनगरका विद्यालयहरु तथा दर्शकहरुले मन पराएर राम्रो साथ दिएका कारण आफु सफल भएको कटवाल दिपकले बताए, ‘मुनामदन’  आफैमा एउटा उत्कृष्ट कृती भएका कारण हरेक विद्यार्थी तथा दर्शकहरुलाइ वुझाउन मंचन गरेको उनले बताए ।

नाटकले देवकोटाको खण्डकाब्यलाइ न्याय गरेको र कलाकारहरुको अभिनयले हरेक मान्छेको मन छुने शिक्षासेवी भेषराज पोखरेलले बताए । साथै नाटकले अहिलेको जन जिवन संग मिल्लोजुल्दो समस्याको उठान गरेको र अहिले पनी नेपालीहरु विदेशिन बाध्य भइरहेकाले हरेक नेपालीहरुले सोच्नुपर्नै अवस्था आएको र यस्तो अवस्था परिवर्तन गर्न राज्यले कदम चाल्नुपर्ने प्रतिनिधीसभा सदस्य माननिय योगेन्द्र मण्डलले बताए ।

नाटकमा रस्मी थापा लकेश दंगाल, मिलन चाम्लिङ राइ,निर्जल पौडेल, अतित निरौला, सुजता थापा, प्रदिप दाहाल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, लिलामायाँ लिम्बु, सचिा लिम्बु, मनिला तामाङ, अभिनय रहेको छ । नाटकको प्रकासमा सागर विश्वास र संगितमा सागर विष्ट रहेका छन् ।

नाटक असोज १६ गते सम्म हरेक दिन विहान ८ बजे दिउँशो १२ बजे र २ बजे मंचन भइरहेको छ ।

adv-single
सम्बन्धित समाचार

लगानी नउठ्दा व्यापारिक घराना डुब्दै

विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...