लगानी नउठ्दा व्यापारिक घराना डुब्दै
विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।
‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ ।
नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमको सभापतितब निर्देशक हाङ चेम्जोङले गरेका थिए भने विशेष अतिथिहरू गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्र कर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै गीतकार आङ्बुहाङले बाँचुन्जेल गीतहरू लेखिरहने बताइन् । उनले भनिन, ‘म बाचुन्जेल निरन्तर गीत लेखिरहने छु । कलमको मसि सकिएला, तर मेरा दिलभित्रका मसीहरू सकिने छैनन् । त्यसैले बाँचुन्जेल दर्शकस्रोताहरूका लागि गीत लेखिरहनेछु ।’
यस अघि थुप्रै गीतहरू लेखिसकेकी गीतकार आङ्बुहाङ विगत केहीसमयदेखि पाठेघर क्यान्सर पीडित छिन् । हाल उपचाररत रहेकी उनले यसअघि म्युजिक भिडियोसहितको ‘मेरी आमा’ भाग १ र भाग २ निकालिसकेकी छन् भने उनका दुई पुस्तकसमेत प्रकाशन भएका छन् ।
विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले भने, ‘कल्पना आङ्बुहाङसँग मेरो व्यक्तिगत परिचय थिएनछ, तर, निर्देशक चेम्जोङ भाइले कल्पना आङ्बुहाङ प्रतिकुल स्वास्थ्यसँग जुधिरहनुभएको छ, जीवनसँग लडिरहनुभएको छ भनेर वहाँको परिस्थिति बताएपछि मैले मन थाम्न सकिन । कुनै पनि कार्यक्रम त्यागेर म आउँछु भनें ।’ उनले किरात लिम्भुवानभित्रका शब्दहरू यश गीतभित्र समेटिएको बताए ।
मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन गरेको उक्त कार्यक्रममा एल्बमभित्र काम गर्ने सबैलाई सम्मान गरिएको थियो । संगीतकार तारा प्रकाश लिम्बु, दिनेश बान्तावा, गायक तथा संगीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान पत्र प्रदान गरिएको हो ।
विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...
विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...
विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...
विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...
विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...
काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...
काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...
विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...
विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...
विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...