विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बबिया विर्ता शाखाले आज बजार सरसफाई गरेको छ । आज बुधबार आफ्नो ५ औँ वाषिकोत्सवको अवसरमा शाखाले वविया विर्ता बजारमा लगायतका ठाउँहरुमा सरसफाई गरेको हो ।
शाखाले सरसफाईसँगसँगै ५ थान डस्बिन, १० थान झाडुलगायतका सामान समेत बजारमा उपलब्ध गराएको साखा प्रमुख इन्दिरा पौडेलले बताएकी छिन । कार्यक्रम जिवन विकासका विभागिय प्रमुखहरू सुदीप कुमार मण्डल र रमेश रायको उपस्थितिमा भएको थियो । सरसफाई कार्यक्रममा शाखाका पदाधिकारी, स्थानिय, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाको २४ वटा जिल्लामा रहेका १६० वटा शाखा कार्यालयहरुले आज जम्मा १६३ वटा सामाजिक कार्य गरि बार्षीकोत्सभ मनाएका हुन ।
Post Views: 139