टियु मैदानमा जारी टी२० क्रिकेट अन्तर्गत तेश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा आयरल्यान्ड लाई २१४ रनको विशाल लक्ष्य दिएको छ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४७ बल खेल्दै नटआउट ९३ रन बनाए। त्यस्तै कमल सिंह एरीले पनि ७ बलमा १९ रन नटआउट बनाए भने रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।
यसअघिका २ वटा खेल भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो ।
Post Views: 9