विराटनगर, १२ फागुन । नेपाल युवा उद्यमी मंच, विराटनगर च्याप्टरले प्रत्येक शुक्रवार साप्ताहिक बजार संचालन गर्ने भएको छ । बुधवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर मंच उक्त जानकारी दिएको छ ।
मंचले कटहरीमा रहेको कृषि बजारको प्रशासनिक भवनको उत्तर तर्फको खालि स्थानमा साप्ताहिक वजार सञ्चालन गर्ने जनाएको छ । जसको लागि विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकरण सहकारी संघसँग सहमति भएको नेपाल युवा उद्यमी मंचले जानकारी दिएको छ ।
शुक्रवारबाट स󠄘ंचालन हुने बजार प्रत्येक शुक्रवार दिँउसो ३ बजेदेखि राती ८ बजे सम्म सञ्चालन हुनेछ ।
कृषकहरुले उत्पादन गरेकका वस्तुहरु, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्दै कृषकको लागत अनुसारको प्रतिफल दिलाउन साप्ताहिक वजार संचालन गर्न लागिएको उद्यमी मंचका अध्यक्ष सृजन प्याकुरेलले जानकारी दिए ।
साथसाथै कृषिको व्यवसायीकरणमा कृषकहरुलाई प्रोत्साहित गर्न सहयोग पुर्याउँदै तुलनात्मक लाभका क्षेत्रहरु प्हिचान गराउने उद्देश्य रहेको प्याकुरेलले बताए ।
Post Views: 7