प्रदेश १ मन्त्रिपरिषद् विस्तार : चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ मन्त्रिपरिषद् विस्तार : चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

 राष्ट्रिय डेली

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गरेका हुन् ।

विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद नौँ सदस्यीय बनेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ विस्तार गर्दै मुख्यमन्त्री राईले ताप्लेजुङ्गका टंक आङ्बुहाङ्ग लिम्बुलाई आर्थिक मामिला तथा योजना मन्त्री, इलामका रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरे ।

यसैगरी मोरङका राजकुमार ओझालाई उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेलाई भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराए ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पदोन्नति गर्दै मन्त्री नियुक्त गरेका हुन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई पनि पदोन्नति गरी सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टंक आङ्बुहाङ्गलाई यसअघि माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बोले सम्हालेको मन्त्रालयको जिम्मा दिए ।

यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूह परित्या गरी अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गरेकी उषाकला राई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिए ।

यसैगरी यसअघि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी पछि फिर्ता लिएकी कला घले र माधव नेपाल समूह छोडेर मुख्यमन्त्रीको साथ दिएका राजकुमार ओझालाई उनले राज्यमन्त्रीको रुपमा नियुक्त गरे ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । प्रदेशको यातायात व्यवस्था सम्बन्धी एउटा कार्यक्रमिक फाइल सदर गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्ले पदभार ग्रहण गरे ।

मन्त्री टंक आङ्बुहाङ्ले प्रदेशको आर्थिक धरातलमा टेकेर बजेट निर्माण गर्ने तथा यस अघि भएका कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताए ।

उनले मन्त्रालयहरुबीच समन्वय गरी दातृ निकायहरुसँग सहयोग जुटाउँदै सरकारले आफ्ना योजनाहरु अगाडि बढाउने प्रतिकृया दिए ।

adv-single
सम्बन्धित समाचार

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...