धरान, २१ चैत । पछिल्लो समय धरानलाई कर्मक्षेत्र बनाएर विभिन्न नाट्य समूहसँग आवद्ध भएर रङ्गमञ्चमा लागि लागिपरेका युवा रङ्गकर्मीहरूले सामूहिक नाटक गर्ने भएका छन् ।
युवा रङ्गकर्मीहरूको ह्वाइट हाउस इन्टरनेशनल कलेजको सेमिनार हलमा भएको परिचयात्मक चियापान कार्यक्रममा सो निर्णय भएको हो ।
कोभिड १९ को कारण सुनसान बनेको चलचित्र घर, नाटकघर चलायमान हुन थालेपछि धराने युवा रङ्गकर्मीहरू नाटकघरको अभावबीच सामूहिक नाटक गर्ने निर्णयमा पुगेकाे हो ।
उक्त कार्यक्रममा सामूहिक नाटकसँगसगै आगामी दिनमा एक अर्को नाट्य समूहबीच सहकार्य गरेर अगि बढ्ने भएको छ ।
धरानमा रहेको नाटकको पुरानो पुस्ता र नयाँ पुस्ताबीचको खाडल र नाट्य संस्थाहरूबीचको दूरी मेटाउनलाई सामूहिक नाटक गर्न लागेको रङ्गकर्मी मिलन चाम्लिङ राईले बताए ।
कोरोनाको कारण पछिल्लो समय सुस्ताएको धरानको रङ्गमञ्च पुनः चलायमान बनाउन नाट्य समूहगत नभइ सबै रङ्गकर्मी एकैठाँउ उभिएर नाटक गर्नुपर्ने महसुस भएको कारण सामूहिक नाटक गर्न लागेको अर्का रङ्गकर्मी हरि इवाहाङ लिम्बूले बताए ।
यसरी सबै नाट्य समूह मिलेर नाटक गर्दा धरानमा बसेर रङ्गकर्ममा लागिपरिरहेको युवाहरूले अपनत्व महसुस गर्ने पनि उनले बताए ।
पछिल्लो समय धरानमा धरान नाटकघर निर्माणाधीन अवस्थामा रहे पनि निर्माण सम्पन्न नभएसम्मको लागि वैकल्पिक नाटकघर आवश्यक रहेको महसुस भएको अर्का रङ्गकर्मी शान्तिराम राईले बताए ।
उक्त परिचयात्मक चियापान कार्यक्रममा पछिल्लो समय धरानमा क्रियाशील नाट्य समूह रङ्गभूमि एकेडेमी, आराम्भ नाट्य डबली , अनाम नाट्य समूह, साहारा थिएटरको पछिल्लो पुस्ताका युवा रङ्गकर्मीहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा धरानको नाटकको इतिहासमाथि चर्चा गर्दै पछिल्लो समयको नाटकको माहोलसम्बन्धी छलफल भएको थियो ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...
विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...
विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...
सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...
काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...
काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
हाम्रो बारेमा
राष्ट्रियडेली प्रदेश १ का सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।