स्थानीय समाचार

करेन्ट लागी १ जनाको मृत्यु

तेह्रथुमको फेदाम गाउपालिका १ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा...

वैश्य युवासंघद्वारा विराटेश्वर वृद्धाश्रममा न्यानो कपडा वितरण 

विराटनगर / नेपाल वैश्य युवासंघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा न्यानो कपडासहित खाद्य सामग्री वितरण गरेको छ । वैश्य युवासंघले वृद्धाश्रममा विशेष कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा रौनियार सेवा समाजका पूर्वअध्यक्ष...

नेपाली कांग्रेस वडा नम्बर १२ द्वारा टोल समिति गठन

विराटनगर / नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ कार्यसमितिले टोल समिति गठन गरेको छ । सोमबार बसेको कार्यसमिति बैठकले १६ वटा टोल समिति गठन गरेको हो । वडासभापति हरिनारायण यादवका अनुसार पाञ्चाली टोल समितिको संयोजकमा...

क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत

विराटनगर / स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत समाचार प्रमुख कमल पौडेललाई सोमबार एक कार्यक्रमका बीच मकालु टेलिभिजनले स्वागत गरेको छ । क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत थिए । क्यान्सरलाई परास्त गरेर...

शिक्षादीपको वक्तृत्वकलामा सलिना प्रथम

विराटनगर / विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शिक्षादीप कलेजले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा ४२ जना प्रतिस्पर्धीलाई उछिन्दै कक्षा १२ की छात्रा सलिना गिरी प्रथम भएकी छन् । त्यस्तै प्रतियोगितामा कक्षा–१२ का...