पब्जीको प्रभाव :आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या

पब्जीको प्रभाव :आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या

 राष्ट्रिय डेली

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम पब्जीको प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।

नाहिद मुबारकको सम्बन्धविच्छेद भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार उनी नै हत्यारा भएको एनडिटिभी इन्डियामा समाचार छ।

बयानमा भनिएको छ,केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको हत्या गरेको स्वीकार गरेका छन्। दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिन थालेको छ।

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बारम्बार गाली गर्ने गरेको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, घटना भएको दिन नाहिदले केटोलाई गाली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको बन्दुक निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गोली हानेर हत्या गरे ।

बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको हत्या भयो थाहा नभएको प्रहरीलाई बताए ।

नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन्। उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ । बालकले फ्याँकेको नालीबाट पेस्तोल अझै ननिकालेको प्रहरीले जनाएको छ । केटोको रगतले लतपतिएको लुगा बरामद गरिएको प्ररीले बतायो। एनडिटिभी इन्डियाबाट अनुदित

 

adv-single
सम्बन्धित समाचार

एएफसी एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

  विराटनगर । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग भिड्दै छ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानसहित तीन घाइते

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मा मोटरसाइकल र अटो एकआपसमा ठोक्किदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सहित तिन घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स १ ह...

उम्मेदवार हुन यस्तो छ निर्वाचनमा उम्मेदवार बन्ने योग्यता

  विराटनगर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् । आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति...

मोरङका ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै...

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

विराटनगर । विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।   असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव...

अनेरास्ववियु महानगर कमिटीद्वारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर ।अनेरास्ववियु महानगर कमिटी विराटनगरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा विराटनगरका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । विजया दशमी, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदानप्रदानसँगै जेष्ठ नागरिकलाई...

विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ । विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ११ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज...

विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुँदै

  विराटनगर। विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास...

पत्रकार पोखरेल सम्मानीत

विराटनगर । लिवर्टी नेपालले प्रेस युनियन मोरंङका सचिव तथा पत्रकार महासंघ मोरंङका जिल्ला सदस्य गोपाल पोखरेल लगायतलाई सम्मान गरेको छ । लिवर्टीको सातौ साधारणसभा तथा दशैँको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मोरंङका प्रमुख जिल्ला अधिकारी...

मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर ÷ महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु...

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।...

सोम्स कलेजमा दशै विशेष कार्यक्रम सम्पन

  विराटनगर । विराटनगर ९ मा अवस्थित विविएस र एसिसिए  अध्यापन गराउने सोम्स कलेजले दशै विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कलेजमा एक कार्यक्रमको आयोजना गरि दशै विशेष कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाइ...