विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।
कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विज्ञान र व्यवस्थापन संकायका २५० जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।
प्रिन्सिपल मोहनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिदाइ भएका विद्यार्थीहरूलाई प्रिन्सिपल श्रेष्ठसहित कलेजका शिक्षक-शिक्षिकाहरूले मायाको चिनो प्रदान गरेका थिए ।
कायक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठ, प्रा. डा. दामोदर थापा क्षेत्री, कलेजका निर्देशकहरू डा. नरेन्द्र चौधरी, सोम निरौला, सुशील भगत, शिक्षक मनोज खनाल, कोअर्डिनेटर रमेश पाण्डेलगायतले बिदाइ भएका विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिएका थिए ।
कार्यक्रममा कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूबीच आयोजित कविता वाचन, चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला, हाजिरीजवाफ र व्यापार प्रवर्द्धन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको थियो ।
यस्तै हिसान मोरङले गत वर्ष लिएको विज्ञान र व्यवस्थापन संकायतर्फको प्रिबोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममाा बिदाइ भएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै ४ जना छात्रा र एक जना छात्रले कलेजमा अध्ययन गर्दाको अनुभव सुनाएका थिए ।
Post Views: 238