मन्दिरको जग्गामा माफियाको चलखेल

मन्दिरको जग्गामा माफियाको चलखेल

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगर – ३ मा रहेको सत्यनारायण मन्दिरको जग्गामा भूमाफियाको आँखा लागेको छ । जमिनदार शितलु राजवंशीले सत्यनारायण मन्दिरको नाममा खरिदबिक्रि हुन नमिल्ने गरि २०३० सालमा मन्दिरलाई जग्गा प्रदान गरेका थिए । सत्यनारायण मन्दिरको नाममा रहेको निजी गुठीलाई पछि आएर बल्लभ प्रसाद अधिकारीले आफ्नो अध्यक्षतामा दर्ता गरे । जग्गा र मन्दिरको संरक्षण गर्दै आएका शितलुका आफन्त सबैलाई हटाएर अधिकारी गुठीको अध्यक्ष बने । त्यसपश्चात् निजी गुठीको जग्गा बाडिँन थालेको रहस्य बाहिरिएको छ । अहिले उक्त जग्गामा महानगरपालिका लगाययत भुमाफियाको नजर समेत पर्न थालेको छ .।

 

सत्यनारायण मन्दिरको नाममा रहेको ७ बिघा १० कट्ठा १७ धुर जग्गा विभिन्न बहानामा संस्था र व्यक्तिलाई लिजमा दिन थालिएको छ । उक्त जग्गामा लायन्स क्बल, माओबादीको पार्टी कार्यालय साथै पोखरिया स्कुलको भवन बनाउन दिइएको छ ।

मन्दिरका अध्यक्ष बल्लभ प्रसाद अधिकारीको मिलेमत्तोमा गुठीको जग्गामा घर बनाएर भाडामा लगाएको पाइएको छ । यतिमात्र हैन प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र बहादुर आङ्वो समेत गुठीको जग्गामा रहेको भवनमा बस्दै आएका छन् ।

 

 

मन्दिरको नाममा रहेको ३९ख० को २२४ नम्बर कित्ताको १ बिघा जग्गा बाल सुधार गृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई दिएको छ । २०६३ भदौ १७ मा सत्यनारायण मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी राजवंशी र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रमुख मोदराज डोटेलबीच उक्त जग्गा बाल सुधार गृह स्थापनाका लागि हकभोग गर्न दिने सम्झौता भएको थियो ।

उक्त सम्झौता पत्रको ३ नम्बर बुँदामा ५ बर्षभित्र बाल सुधार गृह सञ्चालन नभए मन्दिरकै हकभोग कायम हुने उल्लेख छ । बाल सुधार गृह सञ्चालनकालागि मन्दिरसँग लिएको जग्गामध्ये केही जग्गामा महिला तथा बालबालिका कार्यालयको भवन निर्माण गरेर सञ्चालन गर्दै आएको थियो तर उक्त कार्यालय संघीयता कार्यान्वयनसँगै खारेज भइसकेको छ । कार्यालय खारेज भएसँगै घर र जग्गासमेत मन्दिरको हक भोगमा आउनुपर्ने हो । तर अहिले प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो अवैध रूपमा बसोबास गरिरहेका छन् ।

 

मन्दिरका अध्यक्ष अधिकारीले विभिन्न निकाय र ब्यक्तिलाई निजी गुठीको जग्गा ९९ वर्षका लागि लिजमा दिएको पाइएको छ । अहिले उक्त जग्गामा पोखरीया माविको भवन निर्माण भइरहेको छ । भवनको शिलान्यासको क्रममा राजवंशीहरूले विरोध पनि गरेका थिए । तर बल प्रयोग गरेर आफुहरुलाई हटाएको गिता राजवंशीले बताइन् । निजी गुठीको जग्गा विभिन्न बहानाममा हस्तक्षेप भइरहेको उनको गुनासो छ । मन्दिरको नाममा रहेको दुई अर्बभन्दा बढी मूल्यको जग्गामा महानगरले समेत आँखा लगाएको उनले बताइन् ।

 

महानगरले कित्ता नम्बर ३९ख० २२६ को २ बिघा ३ कट्ठा ४ धुर र कित्ता नम्बर ३ ९ख० २१८३ कै १ बिघा ५ कट्ठा १३ धुर जग्गा ९९ वर्षका लागि लिजमा लिएको पाइएको छ । महानगरले यसैैबाट २ बिघा जग्गा उद्योग संगठनलाई समेत ९९ वर्षका लागि लिजमा दिएको छ । निजी गुठिको जग्गामा राजनीति चलिरहँदा समेत बोल्न डराउनुपर्ने अवस्था रहेको गीता राजवंशीकी छोरी वर्षाले बताइन् । मन्दिरका अध्यक्ष अधिकारीको योजनामा विभिन्न व्यक्तिलाई ९९ वर्षको लागि भन्दै जग्गा लिजमा बाडिँएको उनले बताइन ।

 

उक्त जग्गा अहिले ५२ जना व्यक्तिको नाममा ९९ वर्षका लागि लिजमा दिएको पाइएको छ ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...