ग्रेडेड बोर्डिङ स्कुलमा विज्ञान, चित्रकला तथा साँस्कृतिक प्रर्दशनी

ग्रेडेड बोर्डिङ स्कुलमा विज्ञान, चित्रकला तथा साँस्कृतिक प्रर्दशनी

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगर ८ मा अवस्थित ग्रेडेड बोर्डिङ स्कुलले एक दिने विज्ञान, चित्रकला तथा साँस्कृतिक प्रर्दशनी आयोजना गरेको छ । स्कुलले आज स्कुल परिसरभित्र एक कार्यक्रमको आयोजना गरि विज्ञान, चित्रकला र साँस्कृतिक प्रदर्शनी गरेको हो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुले एक बर्ष भरी सिकेका कुराहरुलाइ तथा विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विज्ञान, चित्रकला तथा साँस्कृतिक प्रर्दशनीमा प्रदर्शन गरिएको प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । साथै विद्यालयले आयोजना गरेको विज्ञान, चित्रकला र साँस्कृतिक प्रदर्शनीले पढाइ संगसंगै आफुले सिकेका सिपहरुलाइ प्रदर्शन गरि क्षमता अभिवृध्दिमा सहयोग पुगेको विद्यार्थी प्रसान्द कुमार कामतले बताए ।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले सिकेर बनाएका विज्ञान र चित्रकलाहरु प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले स्मार्ट सिटी, वाटर फाउन्डेसन, विभिन्न प्रकारका तस्विरहरु, सोलरबत्ती लगायतका एक दर्जन बढी बस्तुहरू प्रर्दशनीमा राखेका थिए ।

सोही अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न साँस्कृतिक नृत्य र गायन प्रस्तुत गरी अभिभावक र आगन्तुकहरुलाइ मनोरजंन प्रदान गरेका थिए ।

प्रिन्सिपल प्रेमसिंह सुवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षा समन्य इकाइ मोरङका उपसचिब शिवप्रसाद घिमिरे प्रमुख अतिथिका रुपमा रहेका थिए । त्यस्तै अभिभावक संघका अध्यक्ष खगेन्द्र भट्टराइ , पत्रकार साहित्यकार मिनकुमार श्रेष्ठ, विराटनगरका वडाअध्यक्षहरु मधुवावु तिवारी र राम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...