विराटनगर । विराटनगरको एजेलिया स्कुलमा स्पोर्टस् मिट सुरु भएको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरि आजबाट स्पोर्टस् मिटको उद्घाटन गरेको हो । स्पोर्टस् मिटमा फुटवल, कबड्डी, डोरी तान, मेमोरी टेष्ट लगायतका १६ वटा खेल समावेश गरिएको कार्यक्रम संयोजक किरण निरौलाले जानकारी दिए ।
बालबालिकाहरूलाई सकेसम्म बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यका साथ यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको मन्टेश्वरी कोअर्डिनेटर नानु बस्नेतले जानकारी दिए । विद्यालयको कोअर्डिनेटर घनश्याम पोख्रेलले कार्यक्रममा सम्पूर्ण शिक्षक शिक्षिकको सहयोग र विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको बताए ।
अभिभावक निर्मल ढुङ्गानाले यस्ता कार्यक्रमले वालवालिकाहरूको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आजबाट सुरु भएको स्पोर्टस् मिट माघ १२ गतेसम्म संचालन हुने स्कुलले जनाएको छ ।
Post Views: 457