चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

 राष्ट्रिय डेली

विराटनगर ÷ विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा. माधवप्रसाद पोखरेललाई समर्पण गरिएको छ । उहाँलाई १ लाख १ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै ५१ हजार राशिको समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापित ‘बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. प्रेम खत्री (काठमाडौं)लाई प्रदान गरियो । समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको नाममा स्थापित ५१ हजार राशिकै ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी मदन राई र राधिका दासीलाई प्रदान गरिएको थियो । राईलाई गत वर्षको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै समाजसेवी दिनेश सुवेदीद्वारा आफ्ना भाइको नाममा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक तथा प्रकाशक दुर्गाप्रसाद श्रेष्ठ (बनारस भारत) लाई समर्पण गरिएको थियो । सो पुरस्कार राशि पनि ५१ हजार नै रहेको छ ।

त्यस्तै साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित ५१ हजार राशिको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार विजय थापा (नवलपरासी) लाई र. साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ५१ हजार राशिको ‘केदार–मञ्जु सत्याल बाल चेतना पुरस्कार’बाट बालकलाकार प्रितम आचार्य (सुनसरी) लाई प्रदान गरिएको थियो ।

सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का प्रमुख पर्शुराम खापुङ, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक हरिभक्त सिटौला, दीनबन्धु गोयल, देवकिशन मुन्दडा, मञ्जु सत्याल, दिनेश सुवेदीलगायतले टीका, माला, खादा लगाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा साहित्य र संस्कृतिको विकास बिना मुलुकको समग्र विकास नहुने बताए । उनले चेतनाले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई पुरस्कृत गरेर प्रदशंनीय कार्य गरेको उल्लेख गरे । २०६१ साल साउन ११ गते स्थापित प्रतिष्ठानले समाजमा चेतना जगाउने काम गरिरहेको अध्यक्ष प्राज्ञ गंगा सुवेदीले बताइन् । उनले संस्थाको उन्नति र प्रगतिका लागि सबैको साथ र सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा गौरवको महसुस भएको उनको भनाइ थियो ।

कार्यक्रममा पुरस्कृत बालकलाकार प्रितम आचार्यले गीत प्रस्तुत गरे । कार्यक्रममा पुरस्कृत स्रष्टासहित वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, सदस्य दिनेश सुवेदी, अञ्जना कट्टेल सुवेदी, निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानले ‘चेतना सन्देश’ साहित्यिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । साथै मकालु टेलिभिजनसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’ पनि विगत ९ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...