विराटनगर । सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । माघ १९ गते उच्चतम मूल्यको रेकर्ड बनाएको सुन त्यसयता क्रमिक रुपमा ओरालो लागेको हो । माघ १९ यता ३ साताको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार घटेको छ । माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुन बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ कम हो । बुधबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्यमा भने ठूलो उतारचढाव देखिएको छैन । बुधबारको तुलनामा बिहीबार प्रतितोला १० रुपैयाँ घटेर चाँदी प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ । गत वर्षको फागुन २५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला १४५० रुपैयाँ पुगेको थियो ।
Post Views: 2