धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

 राष्ट्रिय डेली

विराटनगर । धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला सम्म निःशुल्क बस चलाइएको छ ।
एक्स्पो आयोजक सुनसरी उद्योग वाणिज्य वाणिज्य सङ्घद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरिएको हो । सङ्घका कोषाध्यक्ष प्रभाव खतिवडाका अनुसार एक्स्पो आउने निःशुल्क बस पानवारी, बगरकोट, बरगाछी रेल्वे चौकमा लाग्ने छ ।
निःशुल्क बस आफ्नो सावरी साधन नहुने ज्येष्ठ नागरिक, महिला, बालबालिका सर्वसाधारणको सुविधाका लागि व्यवस्था गरिएको हो । बसले एक्स्पोमा किनमेल, अवलोकनका लागि आउने उपभोक्ताहरूलाई एक्स्पो स्थल धरान रङ्गशाला सम्म ल्याउने छ ।
धरान एक्स्पो आज १० बजे देखी सुरु हुँदैछ । बालबालिकाहरूका लागि खेल तामासा, सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको एक्स्पोका सबै तयारी पूरा भैसकेको पत्रकार सम्मेलनमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले गर्ने छन् ।
सङ्घका प्रथम उपाध्यक्ष एक्स्पो संयोजक गोपाल श्रेष्ठले धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार एक्सपो विदेशी तथा स्वदेशी दैनिक उपभोग्य वस्तु, सामाग्रीको बृहत् बजारको रूपमा आयोजना गरिएको हो ।
एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिक रूपमा चल्नेछ । सङ्घका अर्थ वाणिज्य सचिव किशन मास्केका अनुसार रोटरी क्लब अफ घोपाको आयोजनामा सञ्चालन हुने स्वास्थ्य शिविरमा एक्सोमा आएका सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणका साथै परामर्श सेवा सञ्चालन गरिएको हो ।
एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूका स्टलहरू ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहने बताइएको छ । स्टल संयोजक विष्णु बरालका अनुसार विदेशी सामाग्रीका कुल १५ वटा स्टलहरू एक्सपोमा हुनेछन् ।
पाकिस्तान जनावरको छालाबाट बनेको लेदरका सामानहरू उत्पादन गर्ने मुलुकको रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
बङ्गलादेशको गार्मेन्टका उत्पादनहरू महिलाहरूका कुर्ता, सुरुवाल, साडी, बालबालिकाका पोसाक आकर्षणको स्टल बन्ने अनुमान गरिएको छ । बङ्गलादेशको गरमेन्टका महिला, पुरुषका पोसाकहरू युरोप, अमेरिकी मुलुकहरूमा निर्यात हुँदै आएको छ ।
भारतीय उत्पादन गार्मेन्टका साथै दैनिक भान्सा तथा घरायसी कामधन्धामा आवश्यक उपकरण, सामग्रीहरू एक्स्पोमा आउनेहरूका लागि किनमेलको आकर्षण बन्ने संयोजक बरालले बताए । भारतीय साडी, कुर्ता सुरुवाल किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।
पछिल्लो समय घरायसी कामका ससाना उपकरणहरूले भान्सामा गृहिणीहरूको कामलाई सहज बनाएको छ । तरकारीको बोक्रा ताछ्ने देखि भाँडा बर्तन सफा गर्ने उपकरणहरू पनि बजारमा पाइन्छन् । एक्स्पोमा त्यस्ता सामान ब्राण्डेड कम्पनीको पाइने सुविधा उपलब्ध हुने बताइएको छ ।
विदेशी उत्पादनहरू भन्दा बढी स्टलहरू स्वदेशी उपभोग्य वस्तुहरूको स्टल एक्स्पोमा हुनेछन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट एक्स्पोमा रहने छ । जुम्लाको भीर मौरीको मह, माछाको अचार देखी अर्ग्यानिक र ब्राण्डेड बस्तु एक्स्पोमा किनमेल गर्ने अवसर जुटाइएको छ ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...