सफलताको कथा : ‘दाज्जुको चिया पसल’, १९ आइटमका चिया

सफलताको कथा : ‘दाज्जुको चिया पसल’, १९ आइटमका चिया

 राष्ट्रिय डेली

कटवाल दीपक

विराटनगर, २२ फागुन । चिया पसल खोलेर मनग्ये आम्दानी होला भनेर बिरलैले सोचेका हुन्छन् । अझ युवा उमेरमा विदेश गएर पैसा कमाउने आशा सबैमा हुन्छ । तर लामो समय अस्ट्रेलिया बसेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्किएका युवा दुर्गेश घिमिरे एउटा उदाहरणीय व्यक्ति बनेका छन् । उनले विराटनगरमा ‘दाज्जुको चिया पसल’ खोलेर आफ्नो पृथकता प्रस्तुत गरेका छन् ।

दुई वर्षअघि विराटनगर–२ मा २१ लाखको लगानी गरेर दाज्जुको चिया पसल खोलेका उनी एक सफल ब्यापारी मात्रै होइन पृथक व्यवसायबाट राम्रो आम्दानी गर्ने युवा मानिन्छन् । त्यतिमात्र होइन चिया पसलमा उनले १३ युवाहरूलाई पनि रोजगार दिएका छन् । उनले सरकारी मापदण्डअनुसार स्टाफलाई तलब सुविधा दिएका छन् ।

‘नेपालमै केही गर्छु भनेर अस्ट्रेलियाबाट फर्केको थिएँ’, उनले भने, ‘सबैले थाहा पाएको र नेपालीले रुचाउने चिया बेच्न फरक तरिकाले चिया पसल गर्न थालेको हुँ । अहिले व्यापारिक हिसाबले राम्रो छ ।’ ‘दाज्जुको चिया पसल’ भन्ने नाम कसरी आयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सबैलाई आदर गर्ने शब्द भएकाले मैले दाज्जु नामाकरण गरेको हो ।’

सुरुमा चिया पसल खोल्छु भन्दा परिवार पनि अकमक्क परेको सुनाउँदै उनले नाम दर्ता गर्न जाँदा पनि कसैले नपत्याएको सुनाए । उनको परिवार हाल अस्ट्रेलियामै छन् । तर उनी त्यहाँबाट नेपालमै केही गरौँ भन्ने आकंक्षाका साथ स्वदेश फर्किएका हुन् । उनी भन्छन्, ‘चिया पसल खोल्छु भन्दा परिवार अचम्ममा परे । फेरि खोलिसकेर नाम दर्ता गर्न जाँदा विराटनगरमा घर भएको मान्छेले पनि चिया पसल खोल्छन् भने प्रश्न गरे । कसैले पत्यानन् पनि ।  यसैले दर्ता गर्न पनि समय लाग्यो ।’

No description available.

अब उक्त पसलको शाखा खोल्ने तयारी घिमिरेको छ । इटहरीको भोजपुरे टोलमा शाखा खोल्ने तयारी रहेको उनले बताए । त्यसबाहेक इटहरी र झापामा पनि शाखा विस्तार गर्ने तयारी रहेको उनको छ । अहिले विराटनगरमै पनि धेरै चिया पसलहरू दाज्जुकै चिया पसलको सिको गरेर खुलेको उनको जिकिर छ ।

विभिन्न १९ प्रकारका चिया

दाज्जुको चिया पसलमा विभिन्न १९ प्रकार चिया पाइन्छ । यसैले पनि उक्त पसल युवाहरूको आकर्षकको थलो बनेको छ । चियाका साथमा चुरोट पाउने भएका कारण पनि दाज्जुको चिया पसल युवाहरूको पहिलो रोजाइको थलो बनेको हो । चिया र चुरोटबाहेक उनको पसलमा पिज्जा पनि पाइन्छ ।

उनको पसलमा मासिक चार लाख ५० हजारसम्म खर्च हुन्छ । तर आम्दानी पनि राम्रो रहेको उनी बताउँछन् । आफ्नै लगानीमा चिया पसल खोलेर पृथकता प्रस्तुत गरेका उनी आफूले भारतको चिया गल्ली भन्ने ठाउँमा भएको चिया पसलबाट प्रेरणा पाएको उल्लेख गर्छन् ।

No description available.

उनी भन्छन्, ‘इन्डियाको चिया गल्ली भन्ने ठाउँमा भएको चिया पसललाई देखेर चिया फरक तरिकाले पनि गाग्रहकलाई सर्भिस गर्न सकिँदो रहेछ भन्ने कुरा सिकेँ । यसबाट म धेरै नै प्रभावित भएको थिएँ ।’

आम्दानीबाट केही रकम समाजसेवामा

उनले पसलबाट भएको आम्दानीमध्ये केही रकम समाजसेवाका लागि छुट्याउने गर्छन् । सडकमा भएका घाइते कुकुरको उपचारमा र कुकुरको बन्ध्याकरण गर्न उनले सहयोग गर्छन् । उनी भन्छन्,‘मैले आम्दानीमध्येको केही रकमचाहिँ सडकमा घाइते अवस्थामा रहेको कुकुरको उपचारमा खर्चिने गरेको छु । त्यसबाहेक कुकुरको बन्ध्याकरण गर्न पनि सहयोग गर्नेगरेको छु ।’

No description available.

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...