विराटनगर, ४ चैत । विराट आदर्श साहित्य मञ्चमा स्थापित स्व. मनिता विश्वास सम्मान २०७७ दुई गजलकारलाई प्रदान गरिने भएको छ । मञ्चले हरेक २–२ महिनामा गर्दै आएको कार्यक्रम ‘स्रष्टा र सिर्जना’ मार्फत आगामी चैत २८ गते उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जानकारी दिएको छ ।
उक्त सम्मान लामो समयदेखि गजलको क्षेत्रमा योगदान पुर्याएका पोखराका वरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ र विराटनगरको शिक्षा क्षेत्रमा लामो समय देखि आवद्ध साथै विराटनगरको गजल लेखन क्षेत्रमा योगदान पुर्याएका गजलकार भेषराज पोखरेललाई प्रदान गरिने मञ्चका अध्यक्ष कटवाल दीपकले बताए ।
उक्त पुरस्कारको राशी पाँच हजार ५१ रुपैँया रहेको छ ।
पत्रकार तथा थारु भाषका गीतकार चन्द्रमोहन विश्वासले आफ्नि स्व. श्रीमतिको सम्झनामा उक्त पुरस्कार प्रदान गर्न लागेका हुन् । पुरस्कार प्रत्येक वर्ष दुई–दुई व्यक्तिलाई प्रदान गरिने छ ।
Post Views: 79