अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजको प्रस्तुति

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजको प्रस्तुति

 राष्ट्रिय डेली

 

विराटनगर । अस्ट्रेलियाको जिलोङ बहुसांस्कृतिक महोत्सवमा ग्रेटर नेपाली समाजले नेपालको कला र संस्कृति झल्कने प्रस्तूती दिएको छ।

सन् १९८३ बाट सुरू भएको बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिकरबहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो।

 

पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख र अस्ट्रेलियाकै ठूला मध्येकै बहुसांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ।

विगत ११ वर्षदेखि हुँदै आएको कार्यक्रममा सहभागीको संख्या एक लाखभन्दा बढी हुने गरेकोमा यस वर्ष कोभिडका कारण केही कमि आएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार फरक मोडलमा यो वर्ष महोत्सवलाई निरन्तरता दिएको हो।

कार्यक्रममा ८० वर्षिया दिल माया श्रेष्ठ ९कान्छी० नेवारी पहिरनमा वुद्धको मूर्तिसहित स्टेज परेडमा सहभागी भएकी थिइन्।
कार्यक्रममा रूची अर्यालद्धारा ुशिरैमा शिरबन्दीु गीतमा नृत्य प्रस्तुत गरिएको थियो।

नेपालीको बसोबास सानो रूपमा रहे पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने महोत्सवमा नेपालको कला र संस्कृति प्रवर्द्धनको गर्न भन्दै सन् २०१३ मा पहिलो पटक महोत्सवमा सहभागी हुँदै आएको हो।

पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भएको थियो।

कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भै स्टेजमा कुमारी नृत्य प्रदर्शन गर्ने क्रममा महोत्सबमा कुमारी धेरैको आकर्षणको केन्द्र बनेको थियो।

 

 

स्थानिय पत्रिकाले महत्वका साथ स्थान दिएका थिए। त्यसपछि नेपाली प्रस्तुती र पहिचान झल्काउने कामलाई निरन्तरता दिइरहेको छ।

यस वर्ष कार्यक्रममा लुम्बिनी(कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, बालसंसार ग्लेनरोयका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका संरक्षक रूपक अर्याल, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, यात्री हाउस इभेन्टको संस्थापक प्रमुख कार्यकारी अधिकृत प्रकाश थापा, दिदी(बहिनी समाज भिक्टोरियाका तर्फबाट रोशनी श्रेष्ठ, राज श्रेष्ठ र बर्षा केसी राजभण्डारीलगायतको उपस्थिति थियो।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...