आइटी क्षेत्रमा नेपालबाटै विश्वलाई चुनौती दिने एकताको योजना

आइटी क्षेत्रमा नेपालबाटै विश्वलाई चुनौती दिने एकताको योजना

 राष्ट्रिय डेली

 

विराटनगर । कमै मान्छे होलान्, जसले विदेशमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर बिजनेस गर्ने साहस राख्छन । नेपालमै पढेका शिक्षित युवाहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश पलायन हुने गरेका छन् । । झन् विदेशमा पढेर त्यहाँको सुविधा भोग गर्न पल्केकाहरू नेपाल फर्किएर बिजनेसमा हात हाल्न जोखिम मान्छन्, यहाँको राजनीतिक ‘गञ्जागोल’ बिजनेसका लागि चुनौती भन्ठान्छन् ।

त्यसबाहेक पनि नेपालमा उद्योग–व्यवासाय गर्न अनेकन अवरोध छन् । नेपालको लामो शसस्त्र द्वन्द्व र राजनैतिक अस्थिरताले देशमा समस्या पर्दा उद्योगधन्दाहरू रुग्ण अवस्थामा छन् । जसले गर्दा उद्योगीहरू धरासायी बनेका छन् र उद्यमशिलता पलायन भइरहेको अवस्था छ ।

राजनिती अस्थिरताका कारण धेरै नयाँ पुस्ताहरू नेपालमा बस्ने अवसरै छैन भनेर विदेश पलायन भइरहेका छन् । तर एकता गोल्छा एउटा त्यस्तो नाम हो, जसले बेलायतमा अध्ययन गरेर नेपालमा बिजनेस हाँकिरहेकी छन् । उनका अनुसार हाम्रो देश नेपाल उद्यमशिलताका लागि अवसरै–अवसर भएको देश हो । यहाँ पनि केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैन ।

इङ्ग्ल्यान्डमा अध्ययन गरेर दुई वर्ष भारतीय आइटी कम्पनीमा जागिर गरेकी उनी विदेशमै उद्योग–व्यवसाय चलाउन सक्ने महिला हुन तर उनी नेपालमै कम्पनी खोल्ने योजना बनाएर सन् २०१६ मा स्वदेश फर्किइन् ।

उमेरले ३२ पुगेकी अहिले ४० कर्मचारीसहितको एउटा आइटी कम्पनीलाई सफलताको दिशा दिइरहेकी छिन् । उनी औद्योगिक घरानियाँकी युवा पुस्ता हुन् । उनी सदस्य भएको गोल्छा परिवार गोल्छा अर्गनाइजेसन नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो ।

गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिङ्गो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यवसायमा समर्पित छ । त्यसमध्येका एक हुन्, राजकुमार गोल्छा । जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमार गोल्छाकी छोरी हुन्, एकता गाोल्छा।

विदेशमा लिएको उच्च शिक्षाको सहायतामा एकताले आफ्ना बुवाकै बिजनेसमा सहयोग पुर्‍याउन सक्थिन् । तर उनी आफैँ केही फरक गरेर चिनिन चाहन्थिन् । त्यसै अनुरुप सन् १६ मा उनले डेल्टाटेक नामक आइटी कम्पनी खोलेर सञ्चालन गर्न थालिन् । आज उनको कम्पनीसँग थुप्रै देशका नामी उद्योगहरू जोडिएका छन् । एकता नेतृत्वको डेल्टाटेकबाट यसमा आबद्ध भएका सबै कम्पनी सन्तुष्ट पनि छन् ।

‘मेरो परिवार नेपालको उद्योग–व्यापारमा ठुलो योगदान दिएको परिवार हो,’ उनी भन्छिन्, ‘बुबा अझै पनि सोही काममा समर्पित हुनुहुन्छ, म पनि छु । मैले बुबाकै बिजनेसमा सघाउन सक्थेँ , तर मैले आफै केहि गरौ भन्ने मनसायले आफ्नै कम्पनी थालेँ । धेरैले मलाई किन जोखिम मोलेको भनेर सोध्नु पनि भयो । तर मलाई जोखिम मोल्नमै मज्जा लाग्छ । किनकि, जोखिम बिनाको उपलब्धि पनि फिका हुन्छ ।’ तथापि, उनले अप्रत्यक्ष रूपमा भएपनि बुबाको बिजनेसमा सहयोग गरिरहेको बताइन् ।

नेपालमा आइटी कम्पनीका लागि अनेकौँ चुनौती छन् । उनी यो कुरामा जानकार पनि छिन् । नेपालमा एजुकेसनको लेबल धेरै तल भएकोले अझै धेरैले टेक्नोलोजी प्रयोग गर्ने गरेका छैनन् । धेरैमा टेक्नोलोजी भनेको झन्झटिलो र खर्चिलो हुन्छ भन्ने गलत धारणा छ । धेरै कमले मात्र टेक्नोलोजीले जीवन झन्झटिलो नभएर झन् सहज बनाउँछ, खर्चिलो नभएर मितव्यायी हुन्छ र यसले समयको बचत पनि गराउँछ भन्ने बुझेका छन् ।

सबैमा टेक्नोलोजीको चेतना जगाउन र टेक्नोलोजीसँगको अभ्यासमा अभ्यस्त बनाउन पनि आइटी कम्पनी थालेको उनको भनाइ छ । ‘जब मानिसहरूको एजुकेसन लेबल बढ्दै जान्छ धेरैभन्दा धेरैले यसको महत्त्वलाई बुझ्नेछन् र नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगमा दक्ष हुँदै जानेछन्,’ उनी भन्छिन् ।

यसरी सुरु भयो डेल्टाटेक

एकताले स्कुले शिक्षा विराटनगरको डिएभी स्कुलबाट सकेकी हुन् । त्यसपछि चार वर्ष भारतमा पढिन् । भारतमा ११ र १२ अध्ययन सकेपनि उच्च शिक्षाका लागि युके पुगिन् । लन्डनस्थित वारविक युनिभर्सिटीमा म्याथमेटिक्स पढेपछि अक्सफोर्ड युनिभर्सिटीमा थप तीन वर्ष पढेर एमएससी सकिन् । उनको विषय ‘म्याथमेटिकल एन्ड कम्प्युटेसनल फाइनान्स’ हो । पढाइपछि व्यवहारिक ज्ञान हासिल गर्न उनले भारतको एक प्रसिद्ध आइटी कम्पनीमा जागिर खाइन् ।

उनी बाहिर पढेपनि बिजनेसका लागि नेपाल नै फर्किने सोचमा थिइन् । ‘विदेशमा पढ्न गए पनि नयाँ पुस्ताले केही नयाँ सिर्जना गरेर देशको उद्यमशिलता बढाउन सहयोग गर्नुपर्छ भन्ने चाहना ममा थियो,’ उनी भन्छिन्, ‘यसैले पनि मैले बुबाहरूले गरिरहेको उद्योगको पुरानो बिरासतलाई सम्हालिनँ । बरु आफ्नै नयाँ केही गरौँ भन्ने ठानेर आफ्नो पढाइ र रुचिअनुकुल आइटी कम्पनी खोलेकी हुँ ।’

विश्वका आइटी कम्पनीलाई चुनौती दिने लक्ष्य

पछिल्लो समय आइटी क्षेत्र बिजनेसका लागि महासागर बन्दै गइरहेको छ । किनकि, अहिले विश्व नै प्रविधीकरण भइसकेको अवस्था छ । जोखिम मोलेर नयाँ गर्न चाहनेहरूले यो क्षेत्रमा धेरै नयाँ गरेर देखाउन सक्छन् । डेल्टाटेक एप कम्पनी र त्यसमा आबद्ध कर्मचारीबीचको समन्वय गर्ने नेपालको भरपर्दो एप हो, जसले कम्पनीमा प्रविधिमैत्री भई काममा समन्वयकारी भूमिका खेल्छ । फिल्ड सेल्सबेसमा भने डेल्टाटेक नेपालकै पहिलो भएको उनको भनाइ छ ।

‘नेपालमा मात्र नभएर विदेशमा पनि हाम्रा ग्राहकहरू बढिरहेका छन्,’ उनी भन्छिन्, ‘बिजनेस विस्तार हुँदै गएपछि हामीले आफ्नो कार्यक्षेत्र पनि फैलाउन थालेका छौँ । अब हामी सर्भिस प्राभाइडरमात्र होइन, टेक्नोलोजी निर्माता पनि बन्दै गइरहेका छौँ । हामीले कम्पनीमा दक्ष जनशक्ति धमाधम थपिरहेका छौँ भने ल्याब र बजार प्रबन्धलाई पनि व्यवस्थित गर्दै लादैछौँ ।’

एकताका अनुसार हाल दुई सयभन्दा बढी कम्पनीहरू उक्त एपमार्फत आफ्ना कामलाई सहज बनाउँदै छन् । नेपाल, भारतदेखि इजिप्टसम्मका राष्ट्रहरूले डेल्टा एप प्रयोग गर्छन् । युरोपमा भने डेल्टाटेकले उपस्थिति जनाइसकेको अवस्था नभए पनि त्यहाँका केही राष्ट्रहरूसँग कुरा भइरहेको उनको भनाइ छ ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...