जुनियर जेसिज दोस्रो दिनको टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जुनियर जेसिज दोस्रो दिनको टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

 राष्ट्रिय डेली

 

विराटनगर जुनियर जेसिज द्वारा आयोजित क्वालिटी फुडद्वारा प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो र दोश्रो दिनको खेल सम्पन्न भएको छ। २६ बर्ष देखि निरन्तर एउटै आयोजक र एउटै प्रायोजक रहेको हाजिरी जवाफ निरन्तर रुपमा चलिरहेको छ ।।।

उक्त कार्यक्रममा प्रमुख अतिथी काब्रा ग्रुपका प्रबन्ध निर्देशक नबल किशोर काब्रा रहनु भएको थियो । विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष साथै हाजिर जवाफ प्रतियोगिताका क्विज मास्टर डाक्टर सन्देश दास श्रेष्ठले संचालन गर्नु भएको थियो। सो कार्यक्रममा संयोजकका रूपमा जूनियर जेसी आयुष खतिवडा, कार्यकम सहसंयोजक रूपमा जूनियर जेसी ओम जोगी,जूनियर जेसी श्रीयम सुवेदी , जूनियर जेसी सरु पराजुली रहनु भएको थियो ।

पहिलो दिनको खेलमा जेसि बाल सदन , आदर्श मा बि , जेम्स इन्टरनेशनल , बाल कल्याण बिध्या मन्दिर , ब्राइट फ्युचर स्कुल को सहभागिता रहेको थियो भने , उक्त खेलबाट बालकल्याण बिध्या मन्दिर र जेम्स इन्टरनेशनल स्कुल फाइनल प्रबेश गरे ।

दोश्रो दिन को पहिलो चरणको खेलमा सगरमाथा स्कुल ,लिटल फ्लावर स्कुल इटहरी ,एमिटी स्कुल , सहिद स्मृति स्कुल , स्टार बोर्डिङ स्कुल र मोरङ पब्लिक स्कुल बीच प्रतिस्पर्धा रहेको थियो ।सो खेलमा सगरमाथा स्कुल र लिटल फ्लावर स्कूल फाइनल चरणमा प्रवेश गरेका छन ।

त्यस्तै दोस्रो दिनको दोश्रो चरणको खेल एभरेस्ट स्कुल , सिद्धार्थ शिशु सदन , पाथिभारा स्कुल मोडर्न एरा स्कुल , सप्तकोशी स्कुल र गोग्राह उच्च माबी बिच प्रतिस्पर्धा रहेको थियो । सो खेल बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सन्दीप दास श्रेष्ठले क्विज मास्टर का रुपमा संचालन गर्नु भएको थियो । उक्त खेल बाट एभरेस्ट बोर्डिङ स्कुल र मोर्डन एरा स्कुल फाइनल प्रबेश गरेका छन ।

फाइनल बुधबार ११ बजे देखि महानगरपालिकाको सभा हल मा सुरु हुने छ भने प्रतियोगिता मा प्रथम हुनेले रनिङ सिल्ड सहित सर्टिफिकेट प्राप्त गर्ने छ भने दितिय र तृतीय हुने ले नगद पुरस्कार र सर्टिफिकेट सहित पुरस्कृत हुने छन ।

adv-single
सम्बन्धित समाचार

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...