विराटनगर । औषधी पसलले कतिसम्म ठगी गर्छन ? कसरी ठगी गर्छन ? यो एउटा घटनाबाट स्पस्ट भएको छ । विराटनगरको हस्पिटल चोक स्थित अभय मेडिकोमा धरान – १६ का विजय निरौलाले ‘माइक्रो बार सस्पेन्सन’ नामक औषधी खरिद गरे । उनलाई न त फार्मेसीले विल दियो । नत औषधी किन्दा छुट नै दियो । बरु उल्टै भारतबाट औषधी ल्याउँदा क्यारिङ चार्ज लागेको भन्दै २५ प्रतिशत जोडेर लियो । ७५ रुपैँया प्रिन्ट रहेको औषधीमा पनि १ थपेर १ सय ७५ बनाएर बिक्रि ग¥यो । निरौलाले एक्सरेमा प्रयोग हुने यो औषधी ४ ओटा खरिद गरे । औषधीमा ७५ रुपैँया प्रिन्ट छ, जसमा १ थपेर १ सय ७५ बनाइएको छ । उनले एउटा औषधीलाई ३५० तिरेर खरिद गरे । उक्त मेडिकोले बिल दिन नमानेपछि उनी ठगिएको महशुस गर्दै राष्ट्रिय डेली आएर फार्मेसीले आफैँ १ थपेर १७५ बनाएको रहेछ भन्दै देखाए । नभन्दै उक्त मेडिकोले त्यस्तै गरेको रहेछ ।
पछि उक्त मेडिकोले आफुलाई थाहा नभएको भन्दै गल्ति स्वीकार गर्दै बढी लिएको पैसा निरौलालाई फिर्ता ग¥यो तर यसैगरी उक्त मेडिकोले कति ठगिरहेको छ ? विराटनगरका विभिन्न ठाउँमा रहेका औषधी पसलहरुले ठगिधन्दा गर्दै आइरहेका छन् । यस विषयमा औषधी व्यवस्था विभागले अनुगमनलाई तिब्रता दिएर छानविन गर्न जरुरी छ ।
Post Views: 9