“ग्रेटर जिलोङ नेपाली समाजको एजिएममा बैज्ञानिकहरु, ८० बर्षिया दिलमायाद्धारा पुरस्कार बितरण”

“ग्रेटर जिलोङ नेपाली समाजको एजिएममा बैज्ञानिकहरु, ८० बर्षिया दिलमायाद्धारा पुरस्कार बितरण”

 राष्ट्रिय डेली

 

ग्रेटर जिलोङ नेपाली समाजको पहिलो वार्षिक साधारण सभाको बन्द सभाको समाप्तीपस्चातको खुला सत्र अस्ट्रेलियन सरकारी निकायको रुपमा बैज्ञानिक अनुसन्धानका लागि जिम्मेवार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशनमा वरिष्ठ बैज्ञानिकका रुपमा कार्यरत रही बायोमेडिकल क्षेत्रमा आफूलाई विस्वमा नै एउटा परिचित ब्यक्तित्वको रुपमा स्थापित गर्न समर्थ एबं सामाजिक अभियन्ताको रुपमा साउथ एशियन पब्लिक लिन्क ग्रुपका अध्यक्ष एबं एनआरएनएको स्किल नलेज एन्ड इन्नोभेशन कमिटिका संस्थापक अध्यक्ष एबं खुला विस्वविद्यालय स्थापनाका लागि प्रमुख भूमिका निर्बाह गर्ने ब्यक्तित्वको रुपमा परिचित डा राजु अधिकारीको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।

मन्तब्य दिने क्रममा डा अधिकारीले ८० को दशकबाट नेपालीको अस्ट्रेलियामा आगमन भए तापनि हाल बिभिन्न देशबाट अस्ट्रेलिया आउनेहरुमा नेपाली समुदायको महत्वपूर्ण स्थान भएका कारण बहुसांस्कृतिक देश अस्ट्रेलियामा बहुसांस्कृतिक देश नेपालको पहिचान प्रबर्द्धन उद्धेस्य प्राप्ती कार्यको लागि नेपाली समुदायले पाको र यस्तै अन्य महत्वपूर्ण कार्यक्रम र महोत्सबहरुलाई माध्यम बनाएर बिभिन्न देशहरुसंग मिलेर काम गरिनुपर्ने बताए ।

स्वागत मन्तब्य दिने क्रममा ग्रेटर जिलोङ नेपाली समाजका संस्थापक एबं बर्तमान अध्यक्ष वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले देश भएमा मात्रै टेक्ने धरातल हुने र आफ्नै पहिचान दिन सकिने भएकोले हर क्षण पहिला नेपाल र नेपाली भावनालाई सर्बोपरी ठानिनुपर्नेमा जोड दिए ।

८ बर्षिया प्रश्मा खरेलले स्वागत नाच प्रस्तुत गरिएको उक्त कार्यक्रममा कार्यक्रम सन्चालिका ग्रेटर जिलोङ नेपाली समाजकी कार्य समिति सदस्य रेजिना प्रधानले समूह बिभाजन नगरी प्रभावकारी एबं मनोरन्जनमूलक खुला हाजिरिजवाफ प्रतियोगिता सन्चालन गरेकी थिइन ।

कार्यक्रममा नेपाल सरकारको सह(सचिबसम्मको जिम्मेवारी निर्बाह गरेर रिटायर्ड जीवन यापन गरिराख्नु भएकी मोती शोभा श्रेष्ठले आफूले लेखेका सत्य र आमा, आँशु, सम्झनाको डायरी र प्रकृति लघु उपन्यासहरु प्रस्तुत गरी थप पुस्तक संस्थालाई प्रदान गरी त्यसबाट हुने आम्दानी संस्थाकै लागि प्रदान गरिने बताइन ।

संस्थाका सल्लाहकार डा बिदुर काफ्लेद्धारा कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा ुअस्ट्रेलिया डेु मा आयोजना गरिएको कार्यक्रममा बिजयी र सोही दिनका कार्यक्रमहरुमा बिजयीहरुलाई मेल्टन नेपाली कम्युनिटीका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित ८० बर्षिया दिलमाया श्रेष्ठ ९कान्छी० द्धारा पुरस्कार बितरण गरिएको थियो ।

लुम्बिनी(कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ुइनासु का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्का, दिदी(बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, दिदी(बहिनी समाज मेलबर्न वेष्टकी संयोजक रोशनी श्रेष्ठ, भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकार भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, लेखिका एबं नेपाल सरकारका पूर्व सह(सचिब मोती शोभा श्रेष्ठ, बैज्ञानिक डा गिरीराज कट्टेल, इन्जिनियरहरु आदिको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा सामूहिक नाचको आयोजना गरिएको थियो ।

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...