रिजा कार्की
अनि नानी कतिजना छोराछोरीरु छौ अक्सर कतै भेट हुँदा आफन्त र अपरिचितले गर्ने प्रश्न हो यो। हामी दुईटी छोरी जवाफमा म यहीँ भन्छु। यो प्रश्नको जवाफ मेरा लागि यहीँ टुंगिसक्यो जस्तो लाग्छ। यहाँभन्दा बढी पनि प्रश्न छ र अब रु जस्तो लाग्छ तर उताबाट फ़ेरि प्रश्न आउँछ, अनि छोरा छैनन् रु यो प्रश्नले मेरो मनमा चिसो पस्छ अनि मुसुक्क मुस्कुराउदै भन्छु, छैनन्। समाजले छोरालाई यति ठूलो महत्त्व दिइरहँदा मेरा बाआमाले चाहिँ किन छोराको आशा नराख्नु भएको होला रु भन्ने सोचेर छक्क पर्छु म। अझ आफन्तहरुले एउटा छोरा भइदिएको भए राम्रो हुन्थ्यो भन्ने भनाइको प्रतिक्रिया सुन्दा झनै अचम्मित हुन्छु।
आजको समयमा आइपुग्दा पनि हामी छोरा र छोरीको भिन्नतामै अल्झिरहेका छौ । अझै कति अल्झिने हो रु हिजोका छोरी र आजका छोरीमा परिवर्तन छ। हिजोका बाआमा र आजका बाआमाका सोच फेरीएको छ। हिजोका छोरी र आजका छोरीको हुर्किने शैलीमा फरक छ। हिजो आमा भन्ने, छोरी सुन्ने समाज थियो तर अब छोरी भन्ने र आमा सुन्ने समाज बन्दैछ। हिजो बुबा जे चाहन्थे छोरीले त्यही गर्ने समाज थियो तर आज छोरी जे चाहन्छिन त्यहीँ गर्ने समाज बन्दैछ। छोरीलाइ परम्परागत नियममा बाध्न चाहने आमा अब ज्ञानको पांखाले छोरी उडेको हेर्न चाहन्छिन।
छोरी पाल्नसक्ने कुटुम्ब आए छोरीको बिबाह गरिदिनुपर्छ भन्ने बुबा अब छोरी स्वतन्त्र भइ आफ्नै खुट्टामा उभिएको हेर्न चाहन्छन् । सबै नियम पालना गरि समाजसङ्ग प्रश्न नगर्ने छोरी होइन, अन्याय भइरहँदा आवाज उठाउने छोरी चाहन्छन। आजकी आमा लजालु छोरी होइनन, निर्भर र निडर छोरी चाहन्छिन। पहिले आमा छोरीका दुःख मिल्दाजुल्दा हुन्थे तर आजकी आमा मैले हिजो जस्तो दुःख भोगेँ त्यीस्तो दुःख मेरी छोरीले भोग्न नपरोस भन्ने चाहन्छिन।
आजका छोरी घर बाहिर निस्किन्छन। यसर्थ छोरीका लागि चुनौती र अवसर फेरिएका छन्। हिजो छोरीले विधालय जान हुदैँन भन्ने समाज थियो तर आज छोरा र छोरी एउटै बेन्चमा बसेर, एउटै पाटिमा लेखेको पढ्ने समाज बनेको छ। यसर्थ छोरा र छोरीबिच भिन्नता देख्ने पुरानो सोच राख्ने हाम्रा समाजका केही मानिसले पनि अब सोच बदलिनु पर्छ। छोरी मान्छेले घरधन्दाा मात्रै गर्नुपर्छ भन्ने सोच त्यागेर आँखा भएका अन्धा हुनबाट बच्नुपर्छ। बंश चलाउन र बुढेसकालमा पाल्न छोरा नै चाहिन्छ भन्ने जञ्जालबाट अब सबैले निस्किनु पर्छ। छोराले जति गर्न सक्छन त्यतिको छोरीले कहाँ गर्न सक्छन भन्ने भ्रमबाट अब सबैले निस्कनुपर्छ किनकी हिजोका छोरी र आजका छोरी, हिजोका बा आमा र आजका बा आमा, हिजोको समय र आजको समयमा धेरै फरक छ।
Post Views: 6