विराटनगर । मिटरब्याजबाट पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्। बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन्।
विभिन्न प्रलोभन देखाएर महिलाहरुको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन्।
ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ।
गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिना धितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेकाले आन्दोलनमा उत्रिनु परेको पीडितहरुको भनाइ छ।
Post Views: 2